दर्शकलाई हँसाउन सफल हुर्रे


 

काठमाडौं, २५ फागुन

फागुन २५ बाट एकैसाथ तिन चलचित्र प्रदर्शनमा आएको छ । जस मध्य यम थापा निर्देशित चलचित्र हुर्रे शुक्रबारबाट प्रदर्शनमा आएको हो ।

चलचित्र हुर्रे हास्य प्रधान चलचित्र भएको यसका निर्माता सोनाम लामा ब्लोनले बताए । हुर्रेलाई दर्शकले निकै रुचाएको पनि उनले बताए । फिल्म हेर्दा दर्शक पूर्ण मनोरञ्जन लिएको पनि निर्माता सोनामले जानकारी गराए ।
लामाका अनुसार फिल्म हुर्रे पशुपति क्षेत्रमा फुल बोच्ने एक युवतीको कथामा आधारित छ । फुल बेच्ने केटीको भूमिकामा अभिनेत्री केकी अधिकारी छिन् । पशुपति क्षेत्रमा बसेर जिविकोपार्जन गरेका विभिन्न पेशासँग सम्बद्ध पात्रलाई यो सिनेमामा देख्न पाईनेछ ।

यो चलचित्रमा सबै भन्दा बढी बिजय बरालको अभिनयमा दर्शकले मनोरञ्जन लिएका छन् । त्यसो त राजाराम पौडेल, केकी अधिकारी र अंकित खड्का पनि दर्शकलाई हँसाउन सफल भएका छन् ।
यो चलचित्र शुक्रबारबाट मुलुकका साँढे चार दर्जन भन्दा बढी सिनेमा हलबाट प्रदर्शनीमा आएको हो । हुर्रेका अन्य निर्माता दावा शेर्पा शेठ्ठी र छिरिङ दोर्जी लामा हुन् । जसमा केकीसँगै अुनप बिक्रम शाही, बिजय बराल, राजाराम पौडेल, अँकित खड्का, प्रकाश घिमिरे, संगीता नापित सहितको अभिनय छ । हुर्रे राम्रो ब्यापार गरि रहेको जानकारी निर्माण पक्षले दिएका छन् ।