तिलक कार्की, ब्युटी न्युज नेपाल

काठमाडौँ, २५ फागुन

चलचित्र मँगलम् शुक्रबारबाट फागुन २५ बाट प्रदर्शनमा आएको छ । यो चलचित्र काठमाडौंको क्यु एफ एक्समा ८ ओटा शो सहित सबै जसो मल्टिप्लेक्समा प्रदर्शन भईरहेको यसका निर्माता छबीराज ओझाले जानकारी गराए । उनका अनुसार  अहिले एकै साथमा प्रदर्शनमा आएका अरु दुई ओटा नेपाली चलचित्र मँगलमले राम्रो व्यापार गरिरहेको छ ।

बाँकी दुई चलचित्रसँग जुध्न आउनुको कारण बारे निर्माता छबीराज ओझाले आफ्नो सिनेमा गत ११ असोजमा रिलिज गर्न लागिएकोमा चलचित्रकर्मी र वितरकहरुले ४ फागुनमा पु¥याएको ४ फागुनमा पनि कान्छी जुध्न आउने भएपछि २५ फागुनमा पु¥याएको बताए । अरुको फिल्मलाई जोगएर निर्माताको हित गर्दा गर्दै आफु माथि अन्य दुई सिनेमा जुधेको पनि उनको भनाई छ ।

मँगलममा निर्देशक नवल नेपाल आफुले सामसामयिक बिषयमा चलचित्र निर्माण गरेकाले यसले दर्शकको मन जित्ने दाबी गर्छन । मँगलम्मा शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्बीराज प्रसाईं, निर शाह, मिथिला शर्मा लगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्रमा दीपक शर्माको संगीत, बिष्णु कल्पितको छायाँकन, मित्रदेव गुरुङको सम्पादन रहेको छ ।