चलचित्र ‘भैरे’ गीत रिलिज, मुख्य नायक दयाहाङ्ग अनुपस्थित


 

तिलक कार्की ,ब्युटी न्युज नेपाल

काठमाडौँ,२५,फागुन

राजधानीमा एक कार्यक्रम बीच चलचित्र ‘भैरे’ को सान्नानिलाई भेट्न आउदा… बोलको गीत सार्बजनिक गरिएको छ ।
यो गीतमा यम बराल र मेलिना राईको स्वरमा बसन्त सापकोटाको संगीतले दिई कविराज गहतराजले वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग र विक्रान्त बस्नेतलाई छमछमी नचाएका छन् । सो कार्यक्रममा नायक दयाहाङ्ग अनुपस्थित रहेका थिए ।

चलचित्र ‘भैरे’ मा प्रेम प्रसाद पौडेल र देवी माया अधिकारीको निर्माण, लेख बहादुर पुनको कार्यकारी निर्माण , करुणाकर घिमिरे, सबिता गुरुङ, कुमार बस्नेतको सह-निर्माण, एभरेष्ट सुर्य बोहोराको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा बसन्त श्रेष्ठ, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, सुर्य ठोक्करको द्वन्द,बनिश साहको सम्पादन रहेको फिल्मलाई पुरुषोतम प्रधानले खिचेका छन् ।

चलचित्रमा दयाहाङ्ग राई, सुरक्षा पन्त, विक्रान्त बस्नेत, बुद्धि तामाङ्ग (हैट), वर्षा सिवाकोटी, सुनिल थापा, जान्वी थापा, जयनन्द लामा, सुरबीर पण्डित, सविता गुरुङ, अर्जुन गुरुङ, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।