पञ्चायत अर्गानिक चलिचत्र बनेको निर्माण पक्षको दाबी


काठमाडौं, २४ फागुन

चलचित्र ‘पञ्चायत’को टिम यतीबेला फिल्म प्रचारको लागि विभिन्न शहरको यात्रामा छ । आगामी २ चैतबाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रको प्रचारका लागि आफुहरु विभिन्न शहर यात्रामा रहेको यसका कार्यकारी निर्माता रबी अधिकारीले जानकारी गराएका छन् ।

‘पंचायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र पंचायत मौलिक (अर्गानिक) फिल्म बनाईएको छ ।’ कार्यकारी निर्माता अधिकारीले बताएका छन् ।

बुधबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्माता अधिकारीले पञ्चायत ऐतिहासिक र मौलिक खालको चलचित्र बनेकाले दर्शकको मायाँ पाउनेमा आफुहरु विश्वस्त रहेको बताए ।

अभिनेत्री नीता ढुंगानाले पनि आफ्नो करिअरकै फरक भूमिका दर्शकले पञ्चायतमा हेर्न पाउने बताएकी छिन् । यो चलचित्रले अमेरिका भएको फिल्म फेष्टिवलमा विश्वका २ सय १६ ओटा चलचित्रलाई उछिनेर उत्कृष्ट अवार्ड पाएको बारे बताउँदै निताले कार्यक्रममा खुसी व्यक्त गरिन् । पञ्चायत नौलो कथामा मौलिक र आफ्नोपन भएको चलचित्र बनेको उनले प्रकाश पारिन् ।

ढुंगानाले सो फेष्टिबलमा उत्कृष्ट नायिकाको अवार्ड पाएकी थिईन् । त्यसबारे सञ्चारकर्मीको जिज्ञासामा यी अभिनेत्रीले भनिन,‘अवार्ड पाउनु मेरा लागि र नेपालकै लागि गौरवको कुरा हो । त्यसकारण पञ्चायत गर्व गर्न लागक फिल्म बनेको छ।’ आफुले यो चलचित्रमा १४ वर्षीय किशोरीको भूमिका निर्वाह गरेको पनि उनले खुलाईन् ।

हेर्नैपर्ने चलचित्र पञ्चायत बनेको र यो फिल्म हेर्दा अहिलेका पुस्ताले धेरै कुरा सिक्ने अर्की अभिनेत्री जान्हावी बस्नेतले बताईन् ।

 

कार्यक्रममा अभिनेता सरोज खनालले भने,‘वर्षौ–वर्षसम्म अर्काईभ(अभिलेख) गरेर राख्ने खालको चलचित्र पञ्चायत बनेको छ । यो चलचित्र हेर्न दर्शकलाई मेरो अनुरोध छ ।’ आफ्नो चलचित्र प्रेमपिण्ड मन पराउने दर्शकले पञ्चायत झन् हेर्नुपर्ने सुझाब दिदै अभिनेता खनालले भने,‘एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियो? त्यो कुरा यो सिनेमा यसबाट प्रष्ट हुन्छ ।’

पञ्चायतका लेखक तथा निर्देशक शिवम् अधिकारीले निकै लामो समयपछि नेपालमा मौलिक चलचित्रको रुपमा पञ्चायत तयार भएको छ भने ।

पञ्चायतका निर्माता गणेश गिरीले अहिलेसम्म चलचित्र हेरेका दर्शकले मनपराएकोमा खुसी व्यक्त गर्दै भने, ‘दर्शकले माया दिनेमा म ढुक्क छु । सबै कलाकारको उत्तिकै मेहनत परेको र मुख्य कलाकारले पारिश्रमिक समेत नलिएर पञ्चायतलाई सबैको साझा र सामाजिक चलचित्र बनाई धेरै मायाँ गर्नु भएकोमा म आभारी छु ।’

शंकर सुवेदीको पनि लगानी रहेको चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ, आश्विनी कोईरालालगायतको समेत अभिनय छ ।

चलचित्रका अर्का निर्माता शुसान्त श्रेष्ठले पञ्चायतको २४ फागुन विहिवार हेटौंडामा च्यारिटी सो हुने जानकारी गराए । यसलाई आफुहरुले २५ फागुनमा काठमाडौको कुमारीहलमा राजनीतिक नेता, अग्रज कलाकार, पत्रकार, उद्योगी तथा विशिष्ट व्यक्तिहरुको सहभागितामा प्रिमियर शो गर्ने पनि जानकारी दिए ।