काठमाडौं,२३ फागुन

युट्युबमा सार्वजनिक भएको ६ महिनामा यो गीतले करोड भ्यू पुगेको हो । गीत रिलिजको क्रममा फिल्मको प्रदर्शन मिति भने असोज ११ गतेलाई पक्का गरिएको थियो । लोक लयको गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ भने दिपक शर्माको शब्द-संगीत सुन्न सकिन्छ ।

 

चलचित्र ‘मंगलम’मा शिल्पा पोखरेल,पुष्प खड्का, पृथिबी राज प्रसाई,निर शाह , मिथिला शर्मा लगाएका कलाकारलाई देख्न सकिन्छ ।‘पर्ख पर्ख मायालु’ बोलको गीतमा शिल्पा पोखरेल र पुष्प खड्का नाचेका छन् भने उक्त गीतको भिडियाका कोरियोग्राफर कविराज गहतराज हुन् । बुधवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले युट्युबमा गीतलाई करोड पटक हेरिएको अवससरमा केक काटेर सेलिब्रेसन गरेका छन् ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।