२४ घन्टा नपुग्दै ३ लाख पटक हेरियो लिली बिलीको ट्रेलर


काठमाडौं,२३ फागुन

लिली बिलीको ट्रेलर रिलिज भएको २४ घन्टा नपुग्दै यसलाई ३ लाख भन्दा बढी पढक हेरिएको छ । निकै छोटो समयमा लिली बिलीले सोचेको भन्दा धेरै राम्रो भिवर्स पाएको छ । यो फल्मको ट्रलरले ३ लाख भिवर्ससँगै ११ हजारले रुचाएका छन् । यसलाई मन नपराउनेको सँख्या न्युन छ । ११ हजारले रुचाएको ट्रेलरलाई नरुचाउने जम्मा ६ सय ९० जना मात्र छन् ।

चलचित्र  लिली बिलीको मंगलवार साझ काठमान्डौमा एक कार्यक्रमको बीच चलचित्रको ट्रेलर सार्वजनिक गरीएको हो । ट्रेलरमा त्रिकोणात्मक प्रेम कहानी र एक्सनलाई मुख्य बिषय देखाइएको छ ।

प्रेमगीतबाट आफ्नो अभिनयको यात्रा सुरु गरेका नायक प्रदिप खडका र जसिता गुरुङलाई मुख्य भूमिकामा देखाइएको छ । उनका अलबा चलचित्रमा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस चलचित्रमा मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘लिली बिली’मा प्रदीप रचलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानीमा निर्माण गरेका हुन् । चलचित्रमा सुदीप बरालको छायांकन तथा अर्जुन जीसीको सम्पादन रहेको छ ।

निर्माण अगावैदेखि चर्चामा रहेको यस फिल्मका लागि प्रदीपले २२ लाख बढी पारिश्रमिक बुझेको चर्चा छ ।

 

भिडियो: