दूव्र्यसनीलाई रोक्न चलचित्र गाँजा बाजा बनाएकी हुँ – निर्माता गोमा बिष्ट थापा



नेपाली चलचित्र निर्माता महिलाहरुको सँख्य दिनदिनै उत्साहजन रुपमा बढ्दो छ । यस्तै निर्माताको रुपमा यस पटक आएकी महिला हुन् गोमा बिष्ट थापा । गोमाले निर्माण गरेको चलचित्र गाँजा बाजा शुक्रबार २५ फागुनबाट मुलुकका पाँच दर्जन भन्दा बढी सिनेमा हलबाट प्रदर्शनमा आउँदैछ । गोमा सामाजिक अभियान्त हुन् । काठमाडौं, मातातिर्थ स्थितको बृद्धा आश्रमसँग जोडिएर सामाजिक सेवा गर्दै आएकी उनी व्यबसायिक महिला पनि हुन् । केही समय यतबाट गोमा फेन्सी व्यबसायसँग आबद्ध छिन् । निर्माता गोमा बिष्ट थापासँग चलचित्र गाँजा बाजा निर्माण लाग्नुको कारण र यो चलचित्रबारे गरिएको कुराकानीको मुख्य अँश यहाँ प्रस्तुत गरिएको छ –

तपाई त सामाजिक अभियान्ता र व्यबसायी पनि । फिल्म निर्माण तर्फ कसरी आकर्षित हुनु भयो ?

ब्यबसाय धेरै प्रकारका हुन्छन् । तर चलचित्र निर्माण व्यबसाय मनोरञ्जन, सूचनासँगै सन्देश पनि दिने व्यबसाय हो । यसले समाजमा चेतना दिँदै समाज रुपान्तरण पनि गर्छ । त्यसैले अरु व्यबसाय भन्दा यो फरक देखेर चलचित्र निर्माताको रुपमा यो व्यबसायमा आएकी हुँ ।

चलचित्र गाँजा बाजा नै निर्माण गर्नुको कारण नी ?

समाजमा धेरै घटनाहरु छन् । कथाहरु  छन् । तथापि अहिलेका युवा पुस्ता गाँजा, चरेस, अफिम जस्ता दूव्र्यसनीको नशामा फसेर उनीहरुले जीवन बर्बाद गरिरहेको दृष्य बाटोमा देख्दा म धेरै पटक दुःखी भएँ । जो यो दुव्र्यसनीमा लागे, उनीहरुलाई पुनस्र्थापना केन्द्रमा लगेर नयाँ जीवन दिन र बाँकी युवालाई यसको नशामा नलाग्न प्रेरित गर्नकैलागि दूव्यर्सनी बिरुद्धको कथामा फिल्म गाँजा बाजा निर्माण गरेको हुँ ।

 

 

गाँजा बाजा निर्माण गर्दा यसलाई चलचित्र बिकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले निर्माणमा रोक लगाए । यो नाममा फिल्म निर्माण गर्न दिन नचाहनुको कारण के थियो होला ?

यो चलचित्र निर्माण गर्दा म र मेरा अर्का निर्माता साथी दीपेन्द्र रेग्मीसँग भन्दा पनि यसका निर्देशक गणेशदेव पाण्डेसँगको व्यक्तिगत रिसईवीले यो नाममा उहाँले फिल्म बनाउन नदिनु भएको हो । जसको कारण हामीले दुःख पायौं ।

उहाँहरुबीच त्यस्तो व्यक्तिगत रिसईबी के थियो ?

चलचित्र बिकाश बोर्डमा फिल्म गाँजा बाजाको नाम दर्ता गर्न हामी सबै प्रकृया पुर्याएर गयौं । निर्देशक गणेशदेब पाण्डे फिल्मको नाम पास गर्न अध्यक्ष राजकुमार राईको कक्षमा जानु भएछ । राजकुमार राईको सामु निर्देशकज्यूले उप्पर खुट्टी लगाएर बस्नु भयो रे । अनि उहाँको बोल्ने शैली पनि भएन रे । यती कारणले गर्दा अध्यक्ष राईले  फिल्म गाँजा बाजालाई निर्माण गर्न दिन्न भनेर निर्णय लिनु भएको रहेछ । यसपछि हामीले निकै अनुरोध गर्दा पनि अध्यक्ष राईले निर्देशकसँग व्यक्तिगत इगो लिएर गाँजा बाजा नाममा फिल्म बनाउन दिँदै दिन्न भन्नु भयो । त्यसपछि हामी मौलिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार माग गर्दै सम्मानित सर्वोच्च अदालतको शरणमा न्यायको लागि २०७३ बैशाख २७ मा गएका हौं ।

अदालतबाट चलचित्र गाँजा बाजा निर्माणको मुद्धा जित्दाको अनुभव कस्तो रह्यो ?

मलाई लाग्यो, एकजना महिला चलचित्र निर्माणमा आउँदा बिकाश बोर्डका अध्यक्षले प्रेरणा दिनु हुनेछ । सघाउनु हुनेछ । तर मेरो सोचाई गलत रहेछ । त्यत्तिबेला अध्यक्ष राजकुमार राईले साह्रै दुःख दिनु भयो । उहाँले त्यस्तो गर्नु हुन्छ भन्ने मैले कल्पना समेत गरेको थिईन । खासमा नेपाल चलचित्र निर्माण प्रदर्शन वितरण ऐन र नियमावलीका अनुसार चलचित्र निर्माणको लागि गाँजा बाजा नाम रोक्ने कानूनी आधार राईसँग केही पनि थिएन । फिल्म बनाउन नामकै लागि अदालत जाने हामी नै पहिलो निर्माता हौं । सम्मानित अदालतबाट यो नाममा फिल्म बनाउन पाउने निर्णय हुँदा हामीहरुले न्याय पाएको महसुस ग¥यौं र दर्शकमाझ गाँजा बाजा ल्याउन सफल भयौं ।

चलचित्र गाँजा बाजा कस्तो फिल्म हो ?

यो एक सन्देशमुलक हास्य प्रधान नेपाली चलचित्र हो । मुलत अहिलेको युवा पुस्ताहरुलाई लक्षित गरेर यो फिल्म बनाईएको भए पनि बुबा देखि बाजेसम्मले गाँजा बाजाबाट आनन्दसँगै सन्देश लिनु हुनेछ । यो फिल्म युवा, युवती, अधबैंशे देखि जेष्ठ नागरिकसम्मका सबै महिला पुरुषले हेरेर मनोरञ्जनसँगै सन्देश लिनु हुनेछ । आफ्ना छोराछोरी नातिनातिना लागू औषधको दूव्र्यसनीमा फसेका छन वा फस्दै छन भने त्यसबारे जानकारी पाउन उहाँहरुलाई यो चलचित्रबाट सजिलो हुनेछ । धुमपान र लागू औषधबाट बच्न चलचित्र गाँजा बाजाले युवा देखि अभिभावकसम्मलाई प्रेरित गर्नेछ ।

 

चलचित्र गाँजा बाजाको प्रदर्शनी तयार कस्तो हुँदैछ ?

भव्य तयारी हुँदैछ । सबै मिडियामा यसले स्थान पाएकोमा  पत्रकारप्रति आभारी छु । चलचित्र घरका सञ्चालकज्यूहरुले गाँजा बाजा प्रदर्शनमा साथ दिँदै हुनुहुन्छ । वितरकले वितरणको प्रकृया पनि मिलाई रहनु भएको छ । उहाँहरु सबै प्रति आभारी छु । फिल्ममा म त लगानी गर्ने मात्र हुँ । फिल्म राम्रो बनाउन सबै टिमको साथ पाएँ । खुसी छु । अब दर्शकको साथ पाउनेमा पूर्ण विश्वस्त छु । यो फिल्म एक पटक हेरेर हामीलाई सुझाब र प्रतिक्रिया दिन पनि म दर्शकहरुलाई बिनम्र अनुरोध गर्दछु ।

अर्को चलचित्र निर्माण बारे के हुँदैछ ?

मैलै त, अर्को नयाँ चलचित्र निर्माण सुरु नै गरिसकेको छु । भारतीय सिनेमा उधोगमा लामो समय काम गरेका निर्देशक गोबिन्द सिंह भण्डारीको निर्देशनमा नयाँ चलचित्र रणबीरको छायाँकन सुरु भईसकेको छ । गाँजा बाजापछि दर्शकलाई म र मेरा निर्माता साथी दीपेन्द्र रेग्मीले अर्को उपहार स्वरुप रणबीर प्रस्तुत गर्न लागेको हौं ।