दुईअर्थी सम्बादका कारण हुर्रेलाई पिजी सर्टिफिकेट


काठमाडौं, २२ फागुन


२५ फागुनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हास्य प्रधान चलचित्र ‘हुर्रे’ले सेन्सरबोर्डबाट प्रदर्शनीको लागि अनुमति पाएको छ । यो चलचित्रलाई केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट सहित प्रदर्शनीको अनुमति दिएको छ ।

 

फिल्ममा केही दुई अर्थी सम्बाद छन् । सोहीकारण पिजी सर्टिफिकेट दिएको निर्माण पक्षले जनाएको छ । अब यो चलचित्रलाई बालबालिकाले सिनेमा हलमा अभिभावकको साथमा मात्र हेर्न पाउने छन् ।

हास्यप्रधान यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । थापाका अनुसार फिल्मको छायाँकन पशुपति क्षेत्रमा गरिएको हो । सिनेमामा पशुपति क्षेत्रका दैनिकी जीवन चर्चा हेर्दा दर्शक पूरा हाँस्ने निर्माण पक्षको विश्वास छ । जसमा पशुपति परिसरमा फूल बेच्ने एक यूवतीको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ ।

‘डार्क कमेडी’ जनरा भनिएको चलचित्र हुर्रेमा अनुप बिक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना सहितको अभिनय छ ।

हुर्र्रेलाई सोनम लामा, छिरिङ दोर्जे लामा र दावा शेर्पाले निर्माण गरेका हुन् । शिव ढकालको छायांकन, कालिप्रसाद बासकोटा र राजनराज सिवाकोटीको संगीत, विक्रम स्वाँर र रोशन भट्टराइको नृत्य निर्देशन, चन्दन दत्तको सम्पादन रहेको छ ।