गाँजा बाजा सेन्सर पास, १६ वर्ष मुनिका दर्शकले हर्न नपाउने


काठमाडौं,२२ फागुन

चलचित्र ‘गाँजा बाजा’लाई अब दशर्कले हेर्न पाउने भएका छन् । तर यसलाई १६ वर्ष भन्दा माथिका दर्शकले मात्र हेर्न पाउने छन् । सोमबार राती यो फिल्मलाई सेन्सर गर्दै सेन्सर बोर्डले प्रदर्शनीको अनुमति दिएको छ । फिल्ममा रहेको केही सम्बादलाई मध्यनजर राख्दै गाँजा बाजालाई सेन्सर बोर्डले बयस्क दर्शकका लागि मात्र भनेर एडल्ट सर्टिफिकेट (ए) दिएको छ ।

सेन्सरमा रहेका पदाधिकारी मध्य सदस्य मध्य देवीराज पराजुलीले फिल्मका सम्बाद काट्नु पर्ने अनि मात्र र एडल्ट सर्टिफिकेट दिनु पर्ने आबाज उठाएका थिए । तर ती सम्बाद काटेपछि आफुहरुलाई युनिभर्सल सर्टिफिकेट दिनु पर्ने र एडल्ट सर्टिफिकेट दिने हो भने ती सम्बाद राख्नु पर्ने अडान निर्माण पक्षले लिए ।

 

 

त्यसपछि सेन्सरका बाँकी पदाधिकारीले पनि निर्माण पक्षको भनाई समर्थन गर्दै फिल्ममा रहेका सम्बादलाई नकाटी १६ वर्ष भन्दा माथिका दर्शकले मात्र हेर्न मिल्ने गरी एडल्ट सर्टिफिकेट दिएको छ । तथापि त्यस्ता केही सम्बादमा आफुहरुले दर्शकलाई मध्यनजर राखेर बिप राख्ने सोचमा निर्माण पक्ष रहेको छ ।

फिल्मलाई सेन्सरले पास गर्लाकी नगर्ला भन्ने धेरैको चिन्ता भएकामा अब चिन्ता लिनु नपर्ने यसकी निर्माता गोमा बिष्ट थापाले बताएकी छिन् । गाँजा बाजा अब २५ फागुनबाट ढुक्क साथ दर्शकमाझ आउने पनि गोमा बताईन् ।

फिल्मका अर्का निर्माता दीपेन्द्र रेग्मीले पनि सिनेमाले (ए) सर्टिफिकेट पाए पनि दर्शकले पूर्ण मनोरञ्जन दिने र हाँस्यप्रधान भएको बताएका छन् । यो फिल्मलाई गणेश देब पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रका लेखक पनि उनी नै हुन् ।

गाँजा बाजामा शुशिल सिटौला, वर्षा सिवाकोटी, अनुपम शर्मा, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय हेर्न पाईने छ ।

चलचित्रको छायाँकन यकोपो रास्लिक (इटालिएन), संगीत निख एन्ड जटा, सम्पादन लोकश बज्राचार्य, ध्वनी अमित श्रेष्ठको रहेको छ । यो चलचित्र हास्यप्रधान रहेको पनि निर्माण पक्षले जनाकारी गराएको छ ।