यसकारण पत्रकारसामु रोइन् ‘हिरोज्’ की नायिका पूर्णीमा


काठमाडौ, २१ फागुन

चलचित्र हिरोज् को टेलर सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा आईतबार अभिनेत्री पूर्णिमा लामा भक्कानिएर रोईन् । बोल्दा बोल्दै रोएकी उनी केही क्षण बोल्न सकिनन् ।
यो फिल्मकी उनी निर्माता पनि हुन् । २३ चैतदेखि प्रदर्शनमा आउने हिरोज्को प्रेस मिटमा अभिनेत्री पूर्णीमाले आफू चाहेर निर्माता नबनेको खुलासा गरिन्,‘मैले हिरोज् बनाउदा धेरै दुःख पाएँ । पैसाले मात्रै फिल्म बन्दो रहेन्छ,’ उनले रुँदै भनिन्,‘तै पनि मेहनत अनुसार फिल्म निकै राम्रो बनेको छ, यसमा बेरोजगारीको पीडा, मानव बेचबिखन, समाजीक भेदभाव र न्यायको लागि संघर्षको कथा प्रस्तुत गरेका छौ । त्यसैले दर्शकले मन पराउनेमा बिश्वस्त छु ।’

यसरी बनिन् पूर्णिमा निर्माता

चलचित्र हिरोज्का प्रारम्भिक निर्माता संजोगा राणा हुन् । यो चलचित्रमा नायिका छनौटको क्रममा पूर्णिमा चयन भएपछि उनले संजोगलाई निर्माणमा सघाउने भईन् । फिल्ममा उनले १० देखि १५ लाख रुपैयाँ निर्माणमा सघाउने बताईन् । संजोगलाई पनि के खोज्छस् कानो आँखो जस्तो भयो ।

निर्देशक एनबी महर्जनले पुरा गरेनन बाचा

हिरोज् को २०७१ सालमा चलचित्रको निर्माण तयारी भयो । २०७२ चलचित्रको निर्माण सुरु भयो । तर भूकम्पका कारण सिनेमाको काम प्रभावित भयो । निर्माता संजोग राणाका अनुसार ३५ दिनमा छायाँकन सक्ने र ६० लाखमा फिल्म तयार गरेर हलमा ल्याउने बाचा गर्दै एनबी महर्जनले सिनेमाको निर्देशन जिम्मा लिए ।mतर ३५ दिनमा फिल्मको छायाँकन आधा पनि सकिएन् । फिल्मको छायाँकन सक्न करिब ७५ दिन लाग्यो । यसरी फिल्मको लागि छुट्याईएको पुरा पैसा ६० लाख छायाँकनको क्रममै सकियो ।

ल्याबमा अड्कियो हिरोज्

जेनतेन फिल्मको छायाँकन सकिएपछि २०७२ बाट यसको ल्याबको काम सुरु भयो । सुरुमा भूकम्पका कारण केही समय काम भएन् । निर्माता संजोग राणा र पूर्णिमको ६० लाख छायाँकनमै सकिएकाले ल्याबमा प्राविधिकलाई तिर्ने पैसा भएन । जसका कारण सिनेमा ल्यावमा फस्यो । आर्थिक समस्या देखिएपछि निर्देशक एनबी महर्जनले पनि फिल्मलाई चाँडो सकेर हलमा ल्याउन तर्फ ध्यान दिएनन् ।

फिल्मको मायाँले पूर्ण निर्माता बन्नु पर्यो पूर्णिमा

आफुले अभिनय गरेको पहिलो फिल्म ल्याबमा अड्किएका कारण अभिनेत्री पूर्णिमा दुःखी बनिन् । यो क्रममा निर्माता संजोग र निर्देशक एनबी बीच खट्पट सुरु भईसकेको थियो । अन्तत फिल्मको बाँकी लगानी आफुले हालेर हिरोज्लाई हलसम्म ल्याउने अभियानमा पूर्णिमा जुटिन् । तर यो क्रममा पनि आफुले बाँकी प्राविधिकबाट राम्रो साथ नभएको यी नायिकाको गुनासो छ । निकै दौड्धुप पश्चात उनले फिल्मको जिम्मा लिएको ८ महिनामा हिरोज निर्माण गरिन् । निर्माता संजोगसँगको खट्पट्कै कारण निर्देशक एन बी महर्जन फिल्मको पत्रकार भेटघाटमा आईतबार आएनन् ।
यसरी निर्माता संजोगको सहयोगी बनेर नायिकाको रुपमा फिल्ममा आएकी पूर्णिमा अन्नत पूर्ण निर्माता बन्नु परेको हो । यो फिल्म अब २३ चैतमा दर्शकमाझ आउने भएको छ । आफुले निर्माण गरेको पहिलो फिल्ममा धेरै ठाउँबाट सहयोग नपाएपछि त्यो पीडा सम्झेर पत्रकार सम्मेलनमै रुनुपरेको पूर्णिमाले बताएकी छिन् ।

कार्यक्रममा हिरोज् को ट्रेलर र चार ओटा गीतको भिडियो पनि देखाईयो । हिरोज्मा करिश्मा मान्नधर, जयकिसन बस्नेत, पूर्णीमा लामा, संजोग राणाका साथमा कमली वाइवा, मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतले अभिनय गरेका छन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको हिरोज्लाई शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।

जय लक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित हिरोज को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् । फिल्मको निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । फिल्ममा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । सुनील मानन्धर, रोहीत कट्टेल र रत्न श्रेष्ठले हिरोजको बितरण गर्दैछन् ।

यस्तो बनेको छ ट्रेलर –