बग्गीमा शहर घुम्दै प्रियँकाले मनाईन जन्मदिन


काठमाडौं, १८ फागुन

अभिनेत्री प्रियँका कार्कीले बिहिबार यो वर्षको होली र आफ्नो जन्मदिन मनाईन् । उनको यस पटकको जन्मदिन जीवनकै अविस्मरणीय बनेको छ ।

 

जन्मदिनको अबसरमा उनलाई बिहिबार उनका प्रेमी आयुष्मान देशराज जोशीले बग्गीमा चढाएर काठमाडौं शहर घुमाए । उनलाई काठमाडौंको बालुवाटार स्थित होटल रोयल इम्पायर पुर्याए । त्यहाँ प्रियँकाको जन्मदिनको उत्सबको तयारी थियो । त्यहाँ उनका आफन्तहरु एवं चलचित्रकर्मीहरु सबै तयार थिए । त्यहाँ केक काटेर उनको जन्मदिन मनाईयो ।

 

सो क्रममा प्रियँकाले आफ्नो प्रेमी आयुष्मान, आफ्नी आमा, बहिनी, आयुष्मानकी आमा रविना देशराज जोशी, अभिनेता दीपकराज गिरी, अभिनेत्री केकी अधिकारी, मामा दिपक मल्होत्रा लगायत विभिन्न चलचित्रकर्मी एवं परिवारका सदस्यलाई केक खुवाएर जन्मदिन सेलिब्रेट गरिन् ।

 

त्यो अघि उनको जन्मदिन चलचित्र शत्रु गतेका तर्फबाट निर्माताहरु  दिपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्देशक प्रदीप भट्टराई लगायतले मनाई दिए । उनलाई शुत्र गतेका तर्फबाट चलचित्रको तस्विर युक्त पोष्टर उपहार दिँदै केक काटेर जन्मदिन मनाईयो ।

 

अभिनेत्री प्रियँकाले आफुलाई आयुष्मानले बग्गीमा चढाएर सहर घुमाउँदा राजकुमारी जस्तो महसुस भएको र आफु राजकुमारसँग सहरको शेयर गरिरहेको जस्तो लागेको बताएकी छिन् । आफ्नोलागि यो जन्मदिन समारोह जीवनकै उत्कृष्ट जन्मदिन समारोह जस्तो महसुस भएको पनि उनले बताएकी छिन् ।

 

तस्बिर श्रोत ः होटल ईम्पायर