श्रीदेबीलाई राजकीय सम्मान, दुलही झैं सृँगारेर लगियो घाट


 

मुम्बई,एजेन्सी, १६ फागुन

दुवईमा निधन भएकी बलिउड अभिनेत्री श्रीदेबी कपुरलाई भारत सरकारले राजकीय सम्मान दिएको छ ।

 

 

बुधबार मुम्बईमा उनको पार्थिव शरीरलाई भारत सरकारका तर्फबाट ‘तिरँगा’राष्ट्रिय झण्डा ओढाउँदै उनलाई प्रहरीले सलामी दिएको थियो ।

 

अभिनेत्री श्रीदेवीलाई श्रद्धाञ्जली दिनु अघि दुलही जसरी रातो बनासरी सारीमा सजाएर सिन्दुर, मँगलशुत्र लाईएको थियो ।

 

 

हिन्दु परम्परा अनुसार श्रीमान जिवित भएकै अबस्थामा श्रीमतीको मृत्य भएमा सोह्र सृँगार गरिदिने चलन छ ।

 

 

बलिउडका सुपर स्टारदेखि सबैजसो चलचित्रकर्मीले उनलाई श्रद्धाञ्जली दिए । राजकीय सम्मान श्रद्धाञ्जली पछि श्रीदेवीको शब यात्रा आयोजना गरियो ।

 

सेतो फुलले सजाईएको ट्रकमा उनको शब राखेर यात्रा गरिएको थियो । शवयात्रामा हजारौंको भिड सडकमा देखियो । उनको पार्थीव शरीरमा हजारौं शुभचिन्तकहरुले सडकमा उभिएर फुल चढाउँदै बिदाई गरे ।

 

 

बुधबार साँझबाट हिन्दु परम्परा अनुसार दक्षिण भारतीय तरिकाले श्रीदेबीको अन्तिम संस्कार गरिएको छ । उनलाई श्रीमान बोनी कपुरले दागबत्ति दिए । मुम्बईको बिले पार्ले स्मशान घाटमा उनको अन्मित सँस्कार गरियो ।