लिटिल मिस एन्जलका प्रतियोगितको प्रतिभा प्रस्तुति


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ जेठ

लिटिल मिस एन्जलमा यसपटक ३९ बालिकाहरु सहभागी छन् । उनीहरुले सर्वनाम थिएटर कालिकास्थानको रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन् । कार्यक्रममा लिटल मिस एन्जलका प्रतियोगीहरुले नृत्य, चित्रकला, तेक्वान्दो कला, बासुरी बादन, बतृत्वकला, गायनलगायतका विवध कला प्रस्तुत गरे । कलश इभेन्टसका प्रबन्ध निर्देसक बर्षा महर्जनका अनुसार प्रतियोगहरुको परिणाम फाईनलमा मात्र घोषणा गरिने छ ।

यस कार्यक्रममा निर्णायकमा नृत्य निर्देशक जे डि तमु, उदघोसक सेसेमी लिम्बु, चित्रकार तथा सन्तु आर्ट ग्यालरीका अध्यक्ष सुदर्शन राज शाक्य रहेका थिए ।

लिटल मिस एन्जलका सम्पूर्ण प्रतियोगीहरुले आउदो २६ जेठ शनिबार अन्तिम प्रतिस्पर्धामा उत्रने र सोही दिन बिजेता चयन हुने आयोजक संस्थाका अध्यक्ष संजय महर्जनले बताएका छन् ।