‘शिरफूल’को ट्रेलर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ जेठ

चलचित्र ‘शिरफूल’ अब भने रिलिज हुने भएको छ । कोभिडका कारण रिलिज रोकिएको यो चलचित्र आगामी ७ असारबाट हलमा आउने बताईएको छ । यो चलचित्रको यतिबेला ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको हो।

चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ।

‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । सार्वजनिक ट्रेलरमा सम्बन्धको कथा संगै कल्चरलाई पनि देखाईएको छ।

चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ ।
राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।

चलचित्रका गीतमा तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका छन्। चलचित्रमा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको छ। चलचित्रलाइ आरआर फिल्मस्ले देशभर वितरणको जिम्मा लिएको छ।