अभिनेत्री पुजा शर्माको चाहना अनुसार दान्भीको पुन छायांकन


ब्युटी न्युज नेपाल
काठमाडौं, २० चैत

अभिनेत्री पुजा शर्माको शिर्ष भूमिका रहेको चलचित्र ‘दान्भी’को हाल धमाधम गीत र द्धन्द्धको दृश्यको छायांकन भइरहेको छ । आगामी १० जेठमा यो चलचित्र रिलिज हुँदैछ । यही मितिमा अनमोल केसी अभिनित फर्की फर्की चलचित्र आउने भएपछि पुजालाई अझ धेरै चुनौती बढेको छ ।

काठमाडौंमा पुन छायांकन (रि सुट) भइरहेको दान्भीको सेटबाट नायिका पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । यो चलचित्रमो पुजाको ‘इन्ट्रोडक्सन’ दृश्यको छायांकन हाल भइरहेको छ । निर्माणपक्षले यो दृश्यलाई भव्य बनाउनका लागि कुनैपनि कसर बाँकी राखेको छैन ।

यो चलचित्रको इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको छ । जसअनुसार, शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो । केही दिनपछि भने गीतको भाग खिचिने निर्माणपक्षले बताएको छ । यो फिल्ममा नायिका पूजा शर्मा, नायक कुन्साङ बोमजोम र कलाकर किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन् । फिल्ममा नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।

यो फिल्ममा देव मगर र अनुप गडालको लगानी छ । पवन राना मगर फिल्मका कार्यकारी निर्माता हुन् ।