डोको बोकेर दयाहाङ लागे मिरुनाको पछि


ब्युटी न्युज नेपाल
काठमाडौं,१८ चैत्र

अनिल बुढा मगर निर्देशित चलचित्र घर ज्वाइँको दुई डिजाइनका क्यारेक्टर लुक्स (पोष्टर) आइतबार सार्वजनीक गरिएको छ । फिल्मको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा भावमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरको पछि लागेर डोकोहरु बोकेर हिडिरहेको छन् ।

असार २८ गते प्रदर्शन हुने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगरले अभिनय गरेका छ्न ।

पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा करिव एक महिना छायांकन गरिएकोञघरज्वाँइझको निर्माता जनक घर्ती मगर हुन । निर्देशक अनिल बुढाको कथा अनि पटकथा,संवाद लेखनमा उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएको फिल्म सुसन प्रजापतिले खिचेका हुन ।

जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएनले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको फिल्मलाई आर आर फिल्मले बितरण गर्ने छ ।