पुजार सार्कीमा मेघराज खत्री चरित्रमा पल शाह


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ चैत

रिलिज मिति घोषणा नगरिए पनि चलचित्र पुजार सार्कीको चरित्र परिचय सहित चरित्र तस्बिर सार्वजनिक गरिएको छ । यसमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ । निर्देशक दिनेश राउतले अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् । यसअघि प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भनेर तस्बिर सार्वजनिक गरेका थिए ।

यो चलचित्रमा पलको नाम ‘मेघराज खत्री’ रहेको जनाउँदै बन्दुक बोकेर हिड्दै गरेको मेघराज पात्रको तस्बिर सार्वजनिक गरेका छन् । दलितमाथिको कथामा निर्मित यो चलचित्रमा शाह उपल्लो क्षत्री जातमा प्रस्तुत भएका छन् ।

निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् ।  राउतले केही दिनमा चलचित्रको आधिकारिक रिलिज मिति तोक्ने जनाएका छन् ।

यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् ।  चलचित्र पुजार सार्कीको कास्की जिल्लाको कास्कीकोटमा छायाँकन गरिएको छ ।

यस चलचित्रमा अन्जना बराइली, परीक्षा लिम्बु,  मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।