त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्य, एकजना लापता


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ चैत

आज बिहान त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको निधन भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना–५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किंदै गर्दा सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी मृत्यु हुनेहरुमा गोरखा नगरपालिका–४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, हरिमाया रोका, याङ्कोटकी २८ वर्षीया अञ्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटी रहेका छन् । सो दुर्घटनामा बेपत्ता भएका एकजनाको खोजी ससस्त्र प्रहरीको गोताखोरले गरिरहेका छ ।

मृतकहरुलाई प्रहरी स्थानीयले उद्धार गरेर पोष्ट मार्टमका लागि पठाईएको छ ।