इश्वरको फस्ट लुक्स, ध्रुबको नायकमा डेब्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ चैत

चलचित्र ‘इश्वर’को पोस्टर सार्वजनिक गरिएको छ । राजु गिरीको निर्देशन रहेको यो चलचित्र आगामी वर्ष १४ मंसिरमा रिलिज गरिने घोषणा गरिएको छ ।

यो चलचित्रको फस्ट लुक्स पोस्टरमा सुनील थापा, बुद्धि तामाङ, रविन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसाई, अनु शाह, ध्रुव थापालाई समेटिएको छ । केही समयदेखि अमेरिकामा बस्दै आएका धु्रबले यही चलचित्रबाट नायकको रुपमा नेपाली चलचित्रमा डेब्यु गर्दैछन् । इश्वरको फस्ट लुक्समा ध्रुवबाहेक बाँकी पात्र त्रसित देखिएका छन् । यसमा ध्रुब प्रहरी निरिक्षकको रुपमा प्रस्तुत भएका छन् । यही चलचित्रको छायाँकनका लागि उनी अमेरिकाबाट नेपाल आएका हुन् ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा ध्रुब थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल,सबिन बास्तोला, गीता अधिकारीको अभिनय छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

यो चलचित्रको सम्पूर्ण छायाङ्कन, पोखरा, हेम्जाकोट गरेको छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।