अनमोलको जन्मदिनमा फस्ट लुक्स, दान्भीलाई चुनौती बन्यो फर्की फर्की


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ फागुन

अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर शनिबार चलचित्र ‘फर्की फर्की’को फस्टलुक (पोष्टर) सर्वजनिक गरिएको छ । यो चलचित्रलाई अब आउँदो बर्ष १० जेठमा रिलिजको घोषणा पनि गरिएको छ ।

१० जेठमै पुजा शर्मा अभिनित उनको महत्वकाँक्षी चलचित्र दान्भी पनि रिलिज हुँदैछ । अब यो मितिमा अभिनेत्री पुजा शर्माले अभिनेता अनमोल केसीसँग स्क्रिनमा प्रतिस्पर्धा गर्नु पर्ने देखियो ।

शनिबार रिलिज गरिएको फर्की फर्कीको पोष्टरमा घडीलाई पश्र्च तस्बिर बनाएर त्यसको अगाडि अनमोलको तस्बिर राखिएको छ । यो पोष्टरले चलचित्रको समयसँग सम्बन्ध रहेको जनाउँछ । अर्को तस्बिरमा अनमोललाई पछाडिबाट देखाईएको छ । पोष्टरमा उनीमात्र समेटिएका छन् ।

यो चलचित्रमा अनमोल केसीसँगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारको अभिनय छ ।

लभ स्टोरी जनरामा निर्माण भएको यो फिल्मलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।

चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । उनले सानो मनबाट चलचित्र निर्देशक यात्रा सुरु गरेका थिए ।