धोती दिबस मनाउने क्रममा मन्त्री अनिता देवी, नेता सिके राउतलगायत पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ पुस

अँग्रेजी नयाँ वर्षको अबसर पारेर एकथरी नेपालीहरुले ढाका टोपी दिवस मनाउँदै गर्दा मधेसी समुदायको केही व्यक्तिहरुले आजै माईतिघर मण्डलामा धोती दिवस कार्यक्रम राखेका थिए ।

यसरी धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवी सहित केही नेताहरुलाई पक्राउ गरेको छ । जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।

प्रहरीसँगको सो झडपमा केहीलाई सामान्य चोटपटक पनि लागेको बताईएको छ । जनमत पार्टीको आयोजनामा सो कार्यक्रम राखिएको हो । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । र, त्यहाँ प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो । त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन् । सो क्रममा पक्राउ परेका सबैलाई प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ ।