दशौं छायाँवछवि तिज म्युजिक अवार्ड–२०८० सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ भदौ

छायाँवछवि तिज म्युजिक अवार्डको दशौं संस्करण काठमाडौंमा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार/संचारकर्मी कृष्णदेवी आचार्य “रोशनी” र सञ्चारकर्मी सवी कार्की खड्का तिज नारि सम्मानबाट सम्मानित भए ।
छायाँछवीका क्रियशनका अध्यक्ष शान्तिप्रियले नेपाली मौलीक परम्परा विशेषगरी नेपाली महिलाहरुको महानचाड तीजको अवस पारेर आयोजा गरिदै आएको छायाँछवी तिज म्युजिक अवार्डका माध्यमबाट कलाकारहरुलाई आफ्नो क्षेत्रमा क्रियाशिल रहनको लागी थप प्रोत्साहन मिलोस र चाडबाडमाको नाममा हुने विकृति विसंगती रोक्दै हाम्रो आफ्नै मौलीक परम्परा जोगाउने किसिमका गीतसंगीतहरु नेपाली दर्शक तथा श्रोताहरु माझ पस्कन कलाकारहरुलाई थप उर्जा मिलोस भन्ने उदेश्य लिएर विगत दश वर्ष देखी निरन्तर रुपमा यो अवार्डको आयोजना हुदै आएको बताए ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपमेयर श्रीजना बुर्लाकोटी अर्यालले आगामि दिनहरुमा कलाकारहरुलाई प्रोत्साहन गर्नको लागी विभिन्न किसिमका कार्यक्रमहरु ल्याउने तयारी भईरहेको बताईन ।

कार्यक्रममा चलचित्र निर्देशक तथा तीज म्यूजिक अवार्ड समारोहका निर्देशक माधव खरेलले दश वर्ष अगाडी देखी आयोजना हँुदै आएको यस कार्यक्रमले मौलीक परम्परालाई जोगाउने मुलः उदेश्य लिएको र यस्ता किसिमका कार्यक्रमहरुलाई व्यवसायीकरण गर्नु भन्दा पनि हाम्रो आफ्नो कला संस्कृति जोगाउनतर्फ सबैले ध्यान दिन आग्रह गरेका थिए ।

संचारकर्मी तथा चर्चित कार्यक्रम संचालिका दिपज्योती थापाले सञ्चालन गरेको उक्त अवार्ड समारोहका सदस्यमा दिपक थापा, शोविता सुर्खेती सदस्य रहेका छन् भने कलाकार शिवहरि बैरागी नेपाल, संगीतकार मनोज चौलागाई, गायिका दुर्गा परियार, गायक राज सागर र निर्देशक कमल एक्चै मगर निर्णायक हेका थिए ।

अवार्ड विजेताहरुको नामावली यस प्रकार रहेको छ ः
तीज गीत एरेन्जरः विपीन आचार्य – स्वामी ज्यू
तीज गीत मिक्सिङः प्रकाश खरेल – यो तीजमा नजाने माइती
तीज गीत भिडियो छाँयाकारः मुकेश हुमागाईं – आयो तीज आयो
तीज गीत मोडल (पुरुष)ः प्रकाश सोनी – तीज आयो स्वामी राजा
दोहोरी तीज गीत मोडलः सम्झना बुढाथोकी – साडी जापानी
तीज दोहोरी गीत शब्दः जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
तीज दोहोरी गीत लयः प्रकाश शाही – पशुपतिमा जलहरी
तीज दोहोरी गीत गायकः विजय गुरुङ – तीजै आयो
तीज दोहोरी गीत गायिकाः शोभा त्रिपाठी – नाँचौ न पिर भुलेर
तीज गीत नवगायनः सुनिता भट्टराई – तीज बबाल
तीज गीत युगल मोडलः दीपाशा विसी ÷अञ्जली अधिकारी – अरिकैको दासी बरीलै
तीज गीत युगल गायनः अन्जु श्रेष्ठ÷बीना भट्टराई – तीजको लहर
तीज गीत नृत्य निर्देशनः केशव भट्ट – बालापनको तीज
तीज गीत भिडियो निर्देशनः गम्भीर विष्ट – यो तीजमा नजाने माइती
मौलिक तीज गीत मोडलः सुप्रिमा थापा – बालापनको तीज
उत्कृष्ट तीज गीत शब्दः वसन्त योगी – कल्ले खायो दर
उत्कृष्ट मौलिक तीज गीत शब्दः कस्तुप पन्त – मन्दिरमा गजुर
तीज गीत लयः तारावीर पाण्डे – भन्छन् स्वामीले
मौलिक तीज गीत लयः वि.पी. वाग्ले – बरिलै माइतीको
तीज गीत गायिकाः सिर्जना खत्री हाउडेमाया – पिरलो
मौलिक तीज गीत गायिकाः सिता के.सी – हेर त साइली
तीज गीत भीडीयो सम्पादकः बन्दे प्रसाद – बालापनको तीज
दशकको उत्कृष्ट गायिकाः सुनिता दुलाल – पियारी
तीज गीत गायिकाः शोभा के.सी. – परदेशमा हाम्रो (जुरी)
उत्कृष्ट तीज गीत शब्दः कमला बोहरा खत्री – परदेशी चेलीको तीज (डायस्पोरा)
तीज दोहोरी गीत शब्दः हरी उप्रेती – तीजै आयो (जुरी)