कृ शनिबार देशव्यापी हाउसफुल, एकै दिनमा २ करोडको व्यापार


काठमाडौं । चलचित्र ‘कृ’ले शनिबार मुलुकका एक सय १८ ओटा सिनेमा हलमा अनुमानित दुई करोडाको व्यापार गरेको दाबी यसका निर्माता एवँ वितरक पक्षको छ । रिलिजको दोश्रो दिन शनिबार देशभरका हलमा आक्रामक व्यापार गरेको हो । काठमाडौमा चलचित्रको व्यापार बम्पर छ ।
काठमाडौका क्यूएफएक्स, बीग मुभिज, एफक्यूब, बीएसआर जस्ता मल्टिप्लेक्स हलमा पनि चलचित्र दिनभरी नै हाउसफुल रह्यो । काठमाडौ बाहिर पनि चलचित्रको व्यापार आक्रामक रहेको वितरक र निर्माता सुवास गिरीले बताएका छन् । काठमाडौ बाहिरका पोखरा, चितवन, वुटवल, नेपालगञ्ज, इटहरी, विर्तामोड, धरान, दमक, हेटौडाका सबै हलमा कृ शनिबार हाउसफुल भएको यी हल सञ्चालकले बताएका छन् ।
शनिबार बिहानैदेखि काठमाडौका सिंगल र मल्टिप्लेक्स हल हाउसफुल देखियो । चाबहिल स्थित गोपिकृष्ण मुभिजमा बिहानी शोमा चार ओटा हल हाउफूल भएको सो हलका प्रबन्धक तिर्थ पौडेलले बताए । यस्तै दिउँसो २ बजेको शोमा गोपिकृष्णका ६ वटा पर्दा हाउसफूले भएको पनि उनले बताए । नेपाली चलचित्र पहिलो पटक एकसाथ ६ वटा पर्दामा हाउसफुल भएको यो नै पहिलो सफलत हो भन्ने जानकारी पौडेलले गराए । उनका अनुसार हिन्दी ‘प्याडम्यान’लाई समेत गोपिकृष्ण मुभिजको कृष्ण हलबाट ‘कृ’ले विस्थापित गरिदिएको छ ।


कृको भिड शनिबार काठमाडौको बालाजु स्थित अष्टनारायण हलमा पनि त्यस्तै देखियो । बिहानी शोदेखि रात्रीकालिन शोसम्म चार वटै पर्दामा ‘कृ’ हाउसफूल भएको सो हलका सञ्चालक त्रिरत्न मानन्धरले बताए । यो बाहेक काठमाडौंको कलँकी सिनेका हल पनि फुल भएको थियो । राजधानीको गुण, बाराही, गँगा, जस्ता सिनेमा हलमा पनि कृमा दर्शकको सत प्रतिसत उपस्थिति देखियो ।