नमुना माझी बस्तीका लागि कान्छीको साँगीतिक साँझ


काठमाडौं । अभिनेत्री एवं निर्मात्री श्वेता खड्का व्यबसायसँगै समाजसेवामा पनि क्रियाशिल छिन् । सिन्धुपालचोकमा दुई वर्ष अघि भुकम्पले घर गुमाएका माझीहरुको नमुना बस्ती बनाउने कार्यमा उनी लागिरहेकी छिन् ।


निर्माणको अन्तिम चरणमा पुगेको यो बस्तीलाई थप आर्थिक सहयोग जुटाउन उनले आफ्ना चलचित्र कान्छीको रेड कार्पेटसँगै मँगलबार साँझ काठमाडौंका अन्नपूर्ण होटलमा कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ आयोजना गरिन् ।
यो साँझ साँगीतिक च्यारिटीसँगै सम्मानमय पनि बन्यो । व्यबस्थापनको हिसाबले उत्कृष्ट बनेको सो कार्यक्रममा अग्रज नृत्य निर्देशक बसन्तकुमार श्रेष्ठलाई ५१ हजार रुपैयाँ सहित ‘लाइफटाइम अचिभ्मेन्ट अवार्ड’बाट सो क्रममा सम्मानित गरियो । कान्छीको चरी चट्ट…गीतको नृत्य निर्देशन पनि उनले नै गरेका हुन् ।


सोही क्रममा हाँस्य अभिनेत्री बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख मेनुका थापालाई विशेष सम्मानबाट सम्मानित गरियो । चलचित्र सम्पादक भूपेन्द्र अधिकारी, माझी बस्ती निर्माणमा सक्रिय व्यक्ति यज्ञराज कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो । सम्मान एवं पुरस्कार पूर्व प्रधान सेनापति रुक्माँगद कटुवाल, अग्रज अभिनेता नीर शाह सहितले प्रदान गरेका थिए ।


४ फागुनबाट प्रदर्शन हुने चलचित्र कान्छीको चरी चट्ट…गीत युट्युवमा एक करोड भन्दा बढी पट्क युट्युव हेरिएको छ । यसैको खुशीमा सो गीतका गायक एवं संगीतकार राजनराज सिवाकोटीलाई सोही कार्यक्रममा मोटरसाईलक उपहार प्रदान गरियो ।
माझी वस्ती निर्माण सहयोगार्थ सो साँगीतिक साँझमा नेपाली कलाकारहरुको गीत सँगीत एवं नृत्यले दर्शकको मन जित्यो । दिवँगत अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा जब अभिनेत्री अशिष्मा नकर्मी, जेविका कार्कीले चर्चित गीतमा नृत्य प्रस्तुत गरे । त्यतीबेला कार्यक्रमको रौनक बदलियो । अभिनेता विनोद न्यौपानेको नृत्य पनि त्यत्तिकै राम्रो थियो ।
नरेश भट्टराई र सुगरिका केसीको सुन्दर सञ्चालनमा सम्पन्न यो कार्यक्रममा जब गायक राजनराज शिबाकोटी र माण्डवी त्रिपाठीले चलचित्र कान्छीकै चरी चट्टपरी भुरुरु…गाए । सबैले तालीले साथ दिए । कान्छीकै गीतहरु धर्मेन्द्र सेवाङ र युवराज चौंलागाईंले पनि कार्यक्रममा सुनाए ।

कार्यक्रममा प्रहसन अर्को आकर्षक बन्यो । हाँस्यव्यांग्य कवि शैलेन्द्र सिम्खडाले जब नेता, कलाकार देखि महिला पुरुषलाई कविताबाट व्याँग्य गरे । त्यतिबेला दर्शक दीर्घामा हाँसोको फोहरा छुटेको थियो । जितु नेपाल र सन्दिप क्षत्रीले पनि प्रहसनबाट गजबै हँसाए ।
कान्छीका निर्देशक एवँ अभिनेता आकाश अधिकारी जब अभिनेत्री मरिस्का पोखरेलसँग नाच्दै मञ्चमा उत्रिए । कार्यक्रमको माहौल नै तातियो ।
कान्छीको प्रचार समेतलाई यो कार्यक्रम लक्षित गरिएको थियो । कान्छीमा श्वेतासँगै, दयाहाङ राई, कामेश्वर चौरसिया, अनु शाह, भूमिका श्रेष्ठ सहितले अभिनय छ ।