कन्हैया र अन्जनाको नजर नजरको रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं १२ साउन

अमेरिकामा बस्दै आएका गायक गायिका दम्पत्ति कन्हैया सिंह परियार र अन्जना गुरुङले युगल स्वरमा नयाा गीत नजर नजरको…भिडियो यतीबेला सार्वजनिक गरेका छन् । बिहिबार काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो रिलिज गरिएको हो ।

बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यो गीतको रचना गरेका हुन् । गीतमा संगीत पनि बासकोटाकै रहेको छ । यसमा संगीत संयोजन मनोहर सुनामले गरेका हुन् । गीतको भिडियोमा मोडल अपेक्षा सिंह र अभिनेता पुष्प खड्काले अभिनय गरेका छन् । अपेक्षा सिंह गायक कन्हैया र गायिका अन्जनाकी छोरी हुन् । उनी व्यबसायिक मोडल हुन् ।

बिमोचन समारोहमा बोल्दै गायक कन्हैयाले आफुहरु जहाँ रहे पनि नेपाली गीत संगीतलाई सँधै मायाँ गर्ने बताए । आफुले बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीतमा पहिलो पटक गीत गाएको कन्हैयाले बताए ।

यही गीतको भिडियो छायाँकन र रिलिजको लागि आफुहरु नेपाल आएको गायिक अन्जनाले बिमोचन कार्यक्रममा बताईन् । छोरी अपेक्षा र अभिनेता पुष्पको काम यो भिडियोमा निकै राम्रो लागेको उनले बताईन् ।

संगीतकार शम्भुजीत बासकोटाले नेपाली गीत संगीतमा कन्हैया र अन्जना दम्पत्तिको निरन्तर योगदान रहेको बताए । आफुहरुले बिदेशमा रहेर कमाएको रकमको केही हिस्सा उनीहरुले निरन्तर खर्चेर नेपाली गीत निकाली यो क्षेत्रलाई मायाँ गर्दै आएको पनि बासकोटाले बताए ।

नवराज उप्रेतीले खिचेको यो गीतको भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । यो गीतको भिडियो निर्देशन गम्भिर बिष्टले गरेका हुन् ।