पोखरामा आजबाट सुरु भयो राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता


ब्युटी न्युज नेपाल
पोखरा, १२ साउन

नेपाली लोक संगतिको प्रवर्धन गर्ने उदेश्य सहित आजबाट पोखरामा राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता सुरु भएको छ,‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले सर्वाधिक पुरस्कार राशि भएको यो प्रतियोगिता आयोजना गरिरहेको छ । शनिबारसम्म तीन दिन चल्ने यो प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले बताएका छन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ६ लाख, द्वितीय हुनेले रु ४ लाख, तृतीय हुनेले रु २ लाख तथा सान्त्वना हुने समूहले रु १ लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने दाहालले बताएका छन् । कार्यक्रमबाट रु ५५ लाख आम्दानी हुने आयोजक संस्थाले जनाएको छ ।

एक समूहमा महिला र पुरुष एक÷एक गरी दुई जना रहेका छन् । लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उहाँको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताए । प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा सङ्ग्रहालय निर्माण भएको पनि उनले जानकारी गराए ।

कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीत सङ्कलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुु¥याएका स्रष्टा शेरचनको २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो । नेपाली लोकबाजाको संरक्षण, सम्बद्र्धन गर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको छ । बचत रकमबाट लोकबाजा सङ्ग्रहालय स्थापना गरिने छ ।