राजेश राईको कान्छीमा सुरविना र इन्द्र


ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन

गायक राजेश राईले आफ्नो स्वरमा नयाँ गीत ‘कान्छी’ को भिडियो दर्शकमाझ ल्याएका छन् । नयाँ गीत कान्छीमा सुन्दर मगरको शब्द, संगीत र अभि जंग क्षत्रीको संगीत संयोजन रहेको छ । फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईको निर्देशनमा यो गीतको भिडियो तयार गरिएको छ ।

यो गीतको भिडियोमा अभिनेत्री सुरविना कार्की र मोडल इन्द्र खरेलको अभिनय रहेको छ ।

भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । जसमा उत्सव ढकालको छायांकन रहेको छ । भिडियोको प्रोडक्सन म्यानेजर दिपेन्द्र गौतम र निर्माता केदार उप्रेती छन् । देवीथान म्युजिक च्यानलबाट कान्छीको भिडियो सार्वजनिक गरिएको छ ।

यसअघिका आफ्ना गीत दर्शक र स्रोताले मन पराएपछि गायक राजेशले ‘कान्छी माया तिम्रो लाग्छ’ बोलको गीत सार्वजनिक गरेको राजेशले बताएका छन् । सिगिङ सुपर स्टारको प्रतिस्पर्धीसमेत रहेका उनको ञतोडियो तोडियो’ ‘कालो कालो’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए । कान्छी पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ ।