यसपालीको तीजलाई बिन्दू, देबी र ज्योति प्रकाशको लगनको सारी


ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन

यो वर्षको तीज आउन अझै एक महिना बाँकी छ । तर सामाजिक सञ्जाल देखि युट्युव च्यानलमा यतिबेला एक पछि अर्को गर्दै नयाँ तीज गीतहरु आएका छन् । युट्युवमा त अहिले धेरै जसो तीजकै गीतहरु ट्रेन्डिङमा छन् । यही मेसोमा संगीतकार ज्योतिप्रकाशको संगीतमा नयाँ तीज भाका ‘लगनको सारी…’ यतिबेला बजारमा आएको छ । यो गीतलाई ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ ।

गीतकार देवी पराजुलीले यो तीज भाका लेखेकी हुन् । गीतमा समसामयिक बिषयबस्तु उठान गरिएको छ ।

यो गीतलाई गायिका बिन्दु परियारले गाएकी छिन् । यो तीजभाका निकै माधुर्य बनेको छ । नृत्यप्रधान यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेका छन् । भिडियोमा मोडल दिब्यानी ओलीको शिर्ष नृत्य रहेको छ । उनीसँगै विभिन्न क्षेत्रमा स्थापित महिलाहरु पनि यो भिडियोमा अभिनयरत छन् ।

यो गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका हुन् । गीतको भिडियोमा महेश महराको छायाँकन, दीपक बिष्टको सम्पादन, दीपेश बिष्टको कोरियोग्राफी रहेको छ । गीतसँगै यतिबेला यो भिडियोलाई दर्शकले रुचाएका छन् ।