आयो गायक जगदीश समालको ‘सरसर माया’


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ साउन

लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक जगदीश समालको नयाँ गीत ’सर सर माया…’ को म्युजिक भिडियो दर्शकमाझ आएको छ । सार्वजनिक गीतमा डि.पी. खनालको शब्द रचना, शंकर थापा ‘स्माईल’को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोमा राजिव समरको नृत्य निर्देशन छ । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई गायक समालको अफिसियल युट्युब च्यानल ‘जगदिश समाल’ मार्फत सार्वजनिक गरिएको छ । हर्क राई र मधु राईको प्रस्तोता रहेको भिडियोलाइ सार्वजनिक भए संगै दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ ।

यो गीतको भिडियोमा नाजिर हुसेन, रुबिना थापा, रोजिना धिमालको अभिनय छ । यो म्युजिक भिडियोमा अर्जुन तिवारी र टिमको छाँयाकंन, सुप्रीम पराजुलीले सम्पादन तथा रंग संयोजन रहेको छ ।