झम झम झरी लाग्यो लिएर आए विपिन र सागरबाबु


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ साउन

यतीबेला झरीको मौसम चलिरहेको छ । यही झरीलाई लक्षित गरेर गीतकार सागरबाबु र युवा गायक तथा सङ्गीतकार विपिन घिमिरेले झरी सम्बन्धि नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् । उनीहरुको नयाँ गीत झम झम झरी लाग्यो…को भिडियो बजारमा आएको छ ।

गीतकार सागरबाबुको गीति सङ्ग्रह ‘तृष्णा’मा यो गीत सँग्रहित छ । तृष्णलाई पनि बजारमा ल्याईएको छ । तृष्णमा विपिन घिमिरेको एकल सङ्गीत छ । यस गीति संग्रहका गीतमा विभिन्न कलाकारको स्वर छ ।

झम झम झरी लाग्योमा विपिन घिमिरे र ममता गुरूङको स्वर रहेको छ । यो गीत लोक शैलीको बनेको छ । गीत निकै आकर्षक छ । गीतमा बर्खाको समय र चाडपर्व (तिज) लाई मध्यनजर गरिएको छ । अहिले झरीको याम भएकाले पनि आफुले यो गीतको भिडियो रिलिज गरेको बिपिनले बताए । गीतमा सञ्जय श्रीपालको एरेन्ज छ ।

यो गीतको भिडियोमा सुधीर श्रेष्ठ र अल्का सुवेदीको अभिनय रहेको छ । झरीमा मस्त भएर यी दुई मोडलले नाचेका छन् । भिडियो पनि राम्रो बनेको छ । रामजी लामिछानेले भिडियोको निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।