शिरको फुल शिरैमा भन्दै आकाश र तनुजा


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

नयाँ गीत ‘शिरको फूल शिरैमा’ को म्युजिक भिडियो दर्शक माझ आएको छ । एनआर क्रियशनको प्रस्तुतिमा यो भिडियो तयार भएको हो । जसमा राम अबिरल बिष्टको शब्द रहेको छ । यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर दिएका छन् । गीतमा एसडी योगीले संगीत भरेका हुन् ।

यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल तनुजा वलीले अभिनय गरेका छन् । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीलाई राजा–रानीको रुपमा प्रस्तुत गरिएको छ । गीतमा यूवा–यूवतीको प्रेमलाई फरक तरिकाले प्रस्तुत गरिएको छ ।

शिव बिकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । भिडियो आकर्षक बनेको छ ।