सङ्घर्षशील युवाको कथा समेटिएको ‘वासुदा’ बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं ८ फागुन

युवा लेखक भिष्मराज फुलाराको नविनतम् कृति ‘वासुदा’ पाठकमाझ आएको छ । आईतबार राजधानीमा आयोजित एक समारोहमा उनको यो पुस्तक विमोचन भएको छ । डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश अतिथिमा एटर्नी एट ल. अमेरिकाका अधिवक्ता वासुदेव फुलारा थिए । अर्का अतिथि उपप्रा.ज्ञाननिष्ठ ज्ञवालीले विमोचित पुस्तकको बारेमा समिक्षात्मक टिप्णी गरे ।

सो कार्यक्रममा बोल्दै डा. लम्सालले फुलाराकोक कृति निकै राम्रो रहेको बताए । आफ्नो कृतिबारे लेखक भिष्मराज फुलाराले पनि कार्यक्रममा प्रकाश पारे ।
एक सङ्घर्षशील युवाको जीवनकथामा आधारित उपन्यास ‘वासुदा’मा मुल पात्र वासुदामा एकै पटकदेखिएका चुनौतीहरुको सामना गर्ने साहस भएका कारण जीवन सफल भएको देखाईएको छ । वासुदाको संङ्घर्षमा साथ दिने अन्य पात्रहरुलाई पनि महत्वपुर्ण रुपमा प्रस्तुत गरिएको छ ।

‘वासुदा’ कृतिमा वासुदाको जीवन सङ्घर्ष रोचक, मर्मस्पर्शी र वास्तविक जीवनका रहस्यहरु आम मानिसको आफ्नै जीवनरेखाकै वरिपरि घुमेको महसुस गराउछ । संघर्षका समयमा आइएपरेका अन्य घट्ना परिघट्नालाई पनि लेखकले सटिक ढंगले पुस्तकमा उतार्ने जमर्को गरेका छन् ।

२४३ पुष्ठको ‘वासुदा’ उपन्यासको मुल्य बाक्लो गाता रु.५५० र साधारण गाता ३५५ रहेको छ । यसलाई फुलारा लिटरेचर फाण्डेशन नेपालले प्रकाशन गरेको हो ।

युवा साहित्यकार भीष्मराज फुलाराका प्रकाशित कृतिहरुमा टुहुरो कुण्डली (उपन्यास), नफापेको मान्छे (उपन्यास), नेपाली भाषा र साहित्यको इतिहास ः त्यहाँदेखि यहाँसम्म, ओरपान हरस्कोप अंग्रेजी पुस्तक छन् । उनका आधा दर्जन भन्दा बढी गीतहरू दर्शक, स्रोता माझ आइसकेका छन् ।