पाँच जना पत्रकारलाई कला पत्रकारिता सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक

कला पत्रकारिताको माध्यमबाट कला क्षेत्रको विकास र विस्तारका लागि क्रियाशील ५ जना कला पत्रकारहरु तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ समारोहमा सम्मानित हुने भएका छन् ।
आयोजक समितिका मनोज थापाका अनुसार यस वर्ष अग्रज पत्रकार विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको छ । यो सम्मान कला पत्रकारितामा २५ वर्ष भन्दा लामो समयदेखी सक्रिय गिरीलाई प्रदान गर्न लागिएको हो ।

त्यसैगरी अवार्डमा कृष्ण भुषाल, विष्णु सुवेदी, सुमन बैरागी र शिवराम भण्डारीलाई सगरमाथा कला पत्रकारिता सम्मान प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ । सगरमाथा म्युजिक अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा हुन लागेको हो । अवार्ड यहि कार्तिक २६ गते राजधानीको रसियन कल्चर सेन्टरमा हुनेछ ।