मन्जुको गीतमा गीताको छमछमी

ब्युटी न्युज नेपाल
काठमाडौं, २० असोज

नव गायिका मन्जु उपासनाको नयाँ गीत ‘मेरो नजर’ दर्शकमाझ आएको छ । यो गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । यस गीतलाई नवराज पोखरेल ‘सुमन’ले लेखेका हुन् । सुदिप सागरले एरेन्ज गरेका हुन् भने प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा गीता ढुङ्गाना, अन्जु सुनार, मनकुश राई र आयन राईको अभिनय तथा निर्देशन रहेको छ । एच बि सुनारको निर्देशनमा तयार भएको भिडियोको नृत्य निर्देशन भने गायिका मन्जु उपासनाले नै गरेकी हुन् ।

दिनेश मुस्कानले छायांकन तथा सम्पादन गरेका हुन् । भिडियोलाई ‘मन्जरी म्यूजिक’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियो हेर्दा वा सुन्दा नै छमछमी नाचुँनाचुँ लाग्ने बनेको छ ।