खुल्यो प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर सञ्चालनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ

काठमाडौंको सुकेधारामा ’प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ । सेन्टरको उद्घघाटन नायिका अनु शाह तथा राष्ट्रिय÷अन्तरष्ट्रिय इभेन्ट अर्गनाइजर धिरज तण्डुकारले सोमबार संयुक्त रुपमा गरेका हुन् ।

प्याराडाइज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक ब्युटिसियनद्वय पुस्तादेवी तामाङ र गिता कार्की हुन् । उक्त सेन्टरमा लेडिज र जेन्स दुबैले सेवा तथा ट्रेनिङ लिन सक्ने उनीहरुले बताए । सेन्टर हातामै स्पा खोल्ने सम्पूर्ण तयारी पुरा भइसकेको र अब त्यो पनि चाँडै नै सञ्चालनमा आउने सञ्चालिका कार्कीले जानकारी दिएकी छन् ।

सेन्टरको उद्घाटन गर्दै नायिका अनु शाहले ब्युटिसियनद्वय तामाङ र कार्कीलाई बधाई तथा शुभकामना दिइन् । नेपाली महिलाहरुमा स्वास्थ्य र सौन्दयै चेत बढ्दै गएको अवस्थामा थप ब्युटिपार्लर र ट्रेनिङ सेन्टर खुल्नु राम्रो कुरा भएको नायिका अनु शाहले हामीलाई बताइन् ।