गँगप्रसादले ल्याए पूर्वेली लोक भाका लाल ज्योती…


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ असार

गायक गँगाप्रसाद घिमिरेले आफ्नो नयाँ गीत लाल ज्योती…को भिडियो दर्शकमाझ ल्याएका छन् । गायक घिमिरेलाई यो गीतमा भानु ओली, रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन् । गीतमा भानु ओलीको संगीत रहेको छ । गीतको शब्द पनि भानुले नै तयार गरेका हुन् । यस अघि आफ्नो स्वरमा एक दर्जन गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेका गायक गँगाप्रसालले दर्शकको चाहना अनुसार यो नयाँ लोक भाका बजारमा ल्याएको बताए ।

अरुण उपत्यकाको लय भाकालाई सँकलन गरेर यो गीत तयार गरिएको छ । गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई रोहित लाम्गाडेले निर्देशन गरेका छन् । भिडियोको छायाँकन पनि रोहितकै हो ।
भिडियोमा मोडलहरु सुवोध रसाईली र अन्जली माझीको अभिनय रहेको छ । सुवोध र अन्जली दम्पतीको रुपमा यो गीतमा प्रस्तुत भएका छन् ।

उनीहरुको मेलापातसँगैको निम्नबर्गिय जीवन शैलीलाई भिडियोमा प्रस्तुत गरिएको छ । ढल्कँदो उमेरसँगै मानिसको मुहारको लालज्योती घट्दै जाने र मानिसको बैंश संधै नरहने प्रसँग यो गीतमा प्रस्तुत गरिएको गायक गँगाप्रसाद घिमिरेले बताएका छन् ।

आधा दशकदेखि लोक गायनमा सक्रिय गँगाप्रसाद यतीबेला आफुले यो गीत र यसको भिडियोबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् । उनी चाँडै अर्को नयाँ गीत पनि निकाल्ने तयारीमा छन् । उनी पूर्वेली भाकाका चर्चित गायक हुन् । विभिन्न चर्चित पूर्वेली लोकभाका गाएर आफुलाई लोक गायकको रुपमा स्थापित गरेका गायक घिमिरेले यो गीत पनि त्यत्तिकै कर्णप्रिय बनाएका छन् ।