नेपालमा आज १८३१ जना कोरोना सँक्रमित, २० सँक्रमितको निधन, ११३३ जना कोरोना मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

नेपालमा आज आईतबार थप १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५३५ जनाको पीसीआर परीक्षणमा १ हजार २३७ जना र ३ हजार ६८३ जनाको एन्टिजेन परीक्षणमा ५९४ गरी १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेका छन् । जसमध्ये २३ हजार ४७१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७०२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५५३ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २६३, कास्कीमा १५२, ललितपुरमा ९७, झापामा ८५, चितवनमा ८३, कैलालीमा ७२, मोरङमा ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नुवाकोटमा ४२, काभ्रेपलाञ्चोक र रुपन्देहीमा ३४/३४ जना, भक्तपुरमा ३१, सुनसरीमा २८, गोरखामा २१, कञ्‍चनपुरमा १७, नवलपरासी पुर्वमा १६, रसुवामा १३, धादिङ, अर्घाखाँची र बाँकेमा ११/११ जना र तनहुँमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाईरस जित्नेको सँख्या १ हजार ५३३ रहेको छ । यो सँगै नेपालमा हालसम्म ६ हजार १९ हजार ८९४ जनाले कोरोना जितिसकेका छन् । यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टामा नेपालमा २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट ९ हजार ३८२ जनाको मृत्यु भईसकेको छ ।