१८ जेठदेखि नेपालबाट चार देशमा नियमित हवाई उडान हुने


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ जेठ

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अब १८ जेठबाट ४ मुलुकमा नियमित हवाई जहाज उडान अनुमति दिने निर्णय गरेको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित लकडाउनसँगै बिगत एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालका अनुसार दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब नियमित रुटिनको उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको पनि ढकालले बताए ।

चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने वपन उनले जानकारी दिए । यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय मन्त्री परिषदको बैठकले गरेसँगै सम्बन्धि बिमान कम्पनीहरुले टिकट बेच्ने काम सुरु गरेका छन् । तर यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।

खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् । अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको पनि मन्त्री ढकालले बताएका छन् ।