२५ वर्ष कान्छी मोडलसँगै विहे गर्दै प्रदेश १ का मुख्यमन्त्री


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

उमेरले ५० वर्ष पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अन्तत एकजना मोडलसँग अन्तरजातीय विवाह गर्दैछन् । उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग यही ११ माघमा विवाह गर्न लागेको मुख्यमन्त्री राईको सचिवालयले पुष्टि गरेको छ । राई भन्दा शेर्पा २५ वर्ष कान्छि हुन् । उनको बेहुलीको नाम गोप्य राखिए पनि परिवारको स्रोतले मोडल शेर्पासँग विवाह हुन लागेको खुलाएपछि त्यसलाई सचिवालयले पुष्टी गरेको हो ।

यतीबेला आफ्नो मुख्यमन्त्री पद बिरुद्ध अविश्वासको प्रस्ताव आईरहेको बेला मुख्यमन्त्री राई विवाहको तयारीमा जुटेका हुन् ।

परिवार श्रोताका अनुसार मुख्यमन्त्री राई र शेर्पा केही समयदेखि प्रेम सम्बन्धमा छन् । उनीहरुको उमेरको अन्तर निकै भए पनि अन्तत यी दुई प्रेम विवाहमा बाँधिन लागेका हुन् । सो प्रेम र आफ्नो हुनेबाला श्रीमतीको बारेमा मुख्यमन्त्री राईले खुलाएका छैनन् । आफु विवाहको तयारीमा रहेको नजिकका साथीहरुलाई उनले बताएका छन् । मुख्यमन्त्री राईले आफ्नो विवाहको भोज बिराटनगरमा दिने भएका छन् ।

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने शेर्पाको पुख्र्यौली घर संखुवासभा हो र उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । मोडल शेर्पाका बाबु–आमा अमेरिकामा छन् । बहालबाला मुख्यमन्त्री राई र मोडल शेर्पाको विवाह हुने भएपछि अहिले ग्लामर क्षेत्रमा यो प्रसँगले चर्चा पाएको छ ।