बिपिनको संगीतमा तिम्रो प्रेरणा


ब्युटी न्युज नेपाल
काठमाडौं, २ पुष

संगीतकार विपिन घिमिरे, टीका भण्डारीको संगीत, गीतकार सियरा आचार्यको नयाँ गीतिसँग्रह ‘तिम्रो प्रेरणा’ बजारमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले यो गीतिसँग्रहलाई काठमाडौंमा एक समारोहबीच बिमोचन गरेका थिए ।

यो गीतिसँग्रहमा ७ ओटा गीत रहेका छन् । ती ७ गीत मध्य ५ ओटा गीतमा विपिन घिमिरेको संगीत रहेको छ । सँग्रहका ७ मध्य दुई ओटा गीत विपिनले गाएका छन् । उनी दुई दशकदेखि सांस्कृतिक संस्थान राष्टिय नाचघरमा स्वर प्रशिक्षकका रुपमा क्रियाशिल छन् । उनका यो सहित दर्जन गीतिसँग्रह बजारमा आईसकेका छन् ।

सँग्रहका दुई गीतमा संगीतकार टिका भण्डारीको सँगीत रहेको छ । सँग्रहका बाँकी गीतमा नरेन्द्र प्यासि, सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रमोद भण्डारी, मिलन नेवा, अस्मिता अधिकारीले स्वर दिएका छन् ।

गीति सँग्रह तिम्रो प्रेरणाका सबै गीतहरु सियरा सियरा आचार्यले लेखेका हुन् । गीतकार आचार्य प्रशासनिक क्षेत्रमा सुरेश आचार्यका रुपमा परिचित छन् ।

सँग्रहका ए अधुरो जीवन सहित तीन ओटा गीतको भिडियो पनि बनाईएको छ । भिडियोलाई किरण क्रियसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।