ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मँसिर

स्टार वन इन्टरटेनमेन्ट प्रालिले काठमाडौंको नयाँ बानेश्वर स्थित अर्याल ईण्टरनेशनल होटलमा आयोजना गरेको “मिसेस नेपाल टुरिजम २०२०“ को उपाधि काठमाडौं बाफलकी मनिता रिसाल बुढाथोकीले जितेकी छिन् । सो प्रतियोगितामा मनिताले मिसेस क्याटवाल्क र मिसेस ट्यालेण्ट उपाधि पनि हाँसिल गरिन् । कोरोनाका कारण पूर्ण रुपमा धरासायी भएको नेपालको पर्यटनलाई ब्युँझाउन काठमाडौंमा यो प्रतियोगिता आयोजना गरिएको आयोजक बलकृष्ण पोखरेलले बताए ।

विवाहित महिलाहरुबीच भएको मिसेस नेपाल टुरिजम २०२० मा चन्दा दाहाल अधिकारी फस्ट रनर अप र बेष्ट स्किन, बन्दना राजभण्डारी सेकेन्ड रनर अप र बेष्ट स्माइल, अमृता गिरी थर्ड रनर अप र मष्ट फ्रेन्डली, आरती माया लामाले पब्लिक च्वाइस र बेष्ट हेयर घोषित भए । यो प्रतियोगितामा आरती सिंह बेष्ट पर्सानिलिटि, निशा खरेल युट्युब बेष्ट भ्युज र फेसबुक च्वाईस, रोशनी बडे मष्ट डिसिप्लिन घोषित भए ।

यसै गरी सोही समारोहमा आयोजित मिस टिन टुरिजम २०२० को उपाधि शँखुवासभा अश्मिता कालाखेतीले हाँसिल गरिन् । उनले उपाधि संगै मिस ट्यालेण्ट तथा मष्ट फोटोजेनिक उपाधि समेत प्राप्त गरिन् । यस्तै फर्स्ट रनरअप, युट्युब बेष्ट भ्युज र मिस क्याटवाल्क पासाङ भोटे तथा सेकेण्ड रनरअप र फेसबुक च्वाइस रोजिना तिवारीले उपाधि जित्न सफल भएका थिए ।

अश्विनी झाको कोरियोग्राफी तथा संचालनमा सम्पन्न सो प्रतियोगिता सम्पन्न भएको हो । पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा यो प्रतियोगिता सम्पन्न भएको थियो ।

सो प्रतियोगिताको निर्णायकमा बरिष्ट अभिनेता कृष्ण मल्ल, संचारकर्मी सूर्य चन्द, मिसेस नेपाल इन्टरनेशनल (२०१८ चन्दा थापा गिरी, चलचित्र निर्देशक समुन्द्र भट्ट र संगीतकार सरोज प्याकुरेल थए ।