आज २८२४ जना सँक्रमित, थप २३ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ कात्तिक

आज आईतबार नेपालमा २ हजार ८२४ जनामा कोरोना भाईरस सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा १३ हजार २३ जनाको गरिएको पिसिआर परिक्षणमा २ हजार ८२४ जनामा कोरोना भाईरस सँक्रमण पुष्टि भएको हो । नेपालमा योसँगै कोरोना सँक्रमितको कुल सँख्या १ लाख ७३ हजार ५६७ पुगेको पनि डा. गौतमले बताए ।

मन्त्रालयका पछिल्लो २४ घण्टामा २ हजार २६४ जना कोरोना भाईरस मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाईरस मुक्त हुनेको सँख्या १ लाख ३१ हजार २२२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६२२ जना सँक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार देशभर ३७ हजार ७६५ जना विभिन्न आईसोलेसनमा उपचाररत छन् । यस्तै विभिन्न क्वारेन्टिनमा २ हजार ३८६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सँक्रमणबाट नेपालमा २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ९६० जना पुगेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।