नेपालमा आज मात्रै १९११ जनामा कोरोना सँक्रमण


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ असोज

नेपालमा आज बिहिबार नेपालमा १ हजार ९११ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२ हजार ४४४ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ९११ जनामा कोरोना सँक्रमण देखिएको हो ।

डा गौतमका अनुसार काठमाडौं उपत्यकामा आज ९४३ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमा काठमाडौंमा ८१७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो ।

यो सँगै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सँख्या ७९ हजार ७२८ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोरोना संक्रमण मुक्त भई घर फर्किनेको सङ्ख्या ९६१ रहेको जानकारी दिए ।

नेपालमा आज २१ हजार ८३० जना विभिन्न आईसोलेसन सेन्टरमा उपचाररत अबस्थामा छन् । क्वारेन्टिनमा ५ हजार ७७ छ । हालसम्म हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५७ हजार ३८९ जना रहेको छ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सँक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृतकमा १० जना पुरुष र १ जना महिला रहेका छन् ।