महेश्वर शर्माको मुटु भरि देश बोकी…


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ भदौ

अष्ट्रेलियामा बस्दै आएका कवि तथा गीतकार महेश्वर शर्माले देशभक्ति गीत ‘मुटु भरि देश बोकी…’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । शर्माको यो पहिलो राष्ट्रिय गीत हो ।

यो गीतमा गायक रामकृष्ण ढकाल तथा नी गायिका मेलिना राईको स्वर छ । यो गीतलाई संगीतकार आनन्द राईले संगीतबद्ध गरेका छन् । महाराज थापा यो गीतका संगीत संयोजक हुन् ।

यो गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियोलाई राज पोखरेल र दीपेन्द्र भट्टले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।

यो गीतको म्युजिक भिडीयोमा रचनाकार महेश्वर शर्मा , गायक रामकृष्ण ढकाल, गायिका मेलिना राई, संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मालाई समेत देख्न सकिने छ भने कलाकारहरु सरोज दाहाल र साक्षी लम्सालको अभिनय रहेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य तथा अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएका छन् ।