लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीद्धारा हेन्ड वास र सेनिटाईजर निर्माण प्रशिक्षण


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

मुलुकमा कोरोना भाईरसको सँक्रमण महामारी अझै उस्तै छ । नेपाल सरकारले यसबाट जोगिन अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने हातलाई राम्ररी सावुनपानीले धुने र सेनिटाईजरले हात राम्ररी सफा गर्ने अुनरोध निरन्तर गरिरहेका छ ।

यसै क्रममा लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीले ब्युटिसियन सहित विभिन्न पेशामा सम्लग्न करिब २५ जना व्यक्तिलाई कोरोनाबाट जोगिनको लागि आबस्य सामग्री हेन्ड वास र सेनिटाईजरलाई घरमै बनाउने तरिका सिकाएको छ ।

यसै क्रममा लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीकी अध्यक्ष तथा बरिष्ट ब्युटिसियन अनिता खड्का रायमाझीको सभापतित्वमा काठमाडौंमा एक समारोहबीच यो प्रशिक्षण दिईएको हो ।

लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीको आयोजना र क्रिएटिभ बिजनेश इन्टरप्राइजेज्को सहकार्यमा सम्पन्न सो प्रशिक्षण करिब ५ घन्टा चलेको थियो । प्रशिक्षणमा डब्लु एच ओले तय गरेको मापदण्डको हेन्ड वास र सेनिटाईजर बनाउन सहभागीहरुले सिके । कार्यक्रममा सहभागीहरुलाई क्रिएटिभ बिजनेश इन्टरप्राईजेजका तर्फबाट अनुपकुमार श्रेष्ठ र रबिन शर्माले प्रशिक्षण दिए । सो प्रशिक्षणको सहयोगीमा आस्मा थापा थिईन् ।

यसै क्रममा लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटी डिस्ट्रिक चेयर पर्सन एबम् बरिष्ट व्युटिसियन सुमित्र रंजितको संयोजकत्वमा सो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । अहिलेको अबस्थामा ब्युटिसियनसँगै कामकाजी महिला, गृहणी, शिक्षक सहित विभिन्न पेशाका व्यक्तिहरुलाई कोरोनाबाट आफु जोगिनुका साथै अरुलाई जोगाउन सहयोग पुगोस भनेर हेन्ड वास र सेनिटाईजर बनाउने प्रशिक्षण दिईएको लायन सुमित्रा रंजितले बताईन् ।
सो कार्यक्रममा सहभागीहरुलाई डिस्ट्रिक ३२५ बी १ का डिस्ट्रिक गर्भनर लायन मनबहादुर रोकाको हातबाट प्रमाणपत्र प्रदान गरियो । लायन रोकाले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रशिक्षणबाट उत्पादन हुने सामग्रीले कोरोना सँक्रमणबाट जोगाउन मद्धत गर्ने बताउँदै यसै क्रममा लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीले सही कार्यक्रम आयोजना गरेको छ भने ।

सो समारोहमा यसै क्रममा लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीका तर्फबाट लायन्सका विभिन्न व्यक्तीहरुलाई ओनर कार्यक्रम पनि राखिएको थियो । कार्यक्रममा विभिन्न डिस्ट्रिकका पदाधिकारीहरु सहभागी थिए ।