काला कोला टिक टक क्वीनका सहभागीलाई प्रमाणपत्र


ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन

कस्मेटिक सम्बन्धि कम्पनी ‘काला कोला’ले शनिबार काठमाडौंको रविभवन स्थित रोज सिप विकाश तालिम केन्द्रमा विभिन्न ब्युटिसियनहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।

रोज सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लरले लक डाउनको बेलामा काला कोला कम्पनीका कलर सहितको उत्पादनबारे ‘काला कोला टिक टक क्वीन’ कार्यक्रम सञ्चालन गरेको थियो । सो टिक टक क्वीन कार्यक्रममा ५० जना भन्दी बढी ब्युटिसियनहरुले टिक टक बनाएर सहभागिता जनाएका थिए ।

बरिष्ट ब्युटिसियन तथा रोज सिप विकाश तालिक केन्द्रकी अध्यक्ष सोनी कारंजितको सँयोजन तथा परिकल्पनामा सो कार्यक्रम आयोजना गरिएको थियो । बरिष्ट ब्युटिसियन सोनी कारंजितले काला कोला टिक टक क्वीन कार्यक्रम नेपालमा पहिलो पटक आफ्नो परिकल्पनामा भएको सो प्रमाणपत्र प्रदान समारोहमा बताईन् । यसरी टिक टक बनाउँदा धेरै व्युटिसियनहरुले काला कोलालाई अझ राम्ररी बुझ्ने अबसर पाएको पनि उनले जानकारी गराईन् ।

सहभागी भएका व्युटिसियनहरुलाई सो कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै आहान इन्टरप्राईजेज तथा कला कोला कस्मेटिक कम्पनीका म्यानेजिङ डिरेक्टर चेतन गोयलले काला कोला टिक टक क्वीन कार्यक्रमबाट आफ्नो उत्पादनलाई ब्युटिसियनहरुले अझ राम्ररी बुझ्ने अबसर पाएको बताए । उत्पादनको बजार बिस्तारमा पनि फाईदा पुगेको उनले बताए ।

यसका लागि यो कार्यक्रमकी सँयोजक एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितलाई धन्यबाद ज्ञापन गर्दै चेतनले आगामी दिनमा पनि यस्तो सहकार्य गर्दै जाने बताए । आफ्नो उत्पादनले नेपाली बजारमा सौन्दर्य प्रेमीको मन जितेको १२ वर्ष भएको स्मरण गर्दै कार्यक्रममा चेतनले भने,‘१२ वर्ष अघि हामीले सादा प्याकेटमा मेहन्दी बेच्दा ग्राहकले यो कपाल रँग्याउने चिजको नाम केहो भनेर सोध्नु भयो । कपाललाई कालो पार्ने भएकाले बुबाले काला कोला भनिदिनु भएपछि सबैले यसलाई कला कोला भनेर सम्बोधन गर्दै किन्न थाले ।’ यसरी काला कोलाको नाम पनि ग्रहकले नै स्थापित गरिदिएको र यो नाममा उत्पादन बजारमा ल्याएको उनले बताए । काला कोलाले अहिले सबै प्रकारको कस्मेटिक उत्पादन तथा विक्री वितरण सहित सेवा पुर्याउँदै आएको पनि चेतनले जानकारी गराए ।

स्टाईलिस्ट ब्युटी होम पुलचोककी अध्यक्ष तथा बरिष्ट ब्युटिसियन रिना अवालेले कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्दै लकडाउनको बेला सोनी म्याम र काला कोलाले टिक टक क्वीन प्रोत्साहनयुक्त कार्यक्रम आयोजना गरेको बताईन् । लामो समयदेखि काला कोला कस्मेटिकलाई पार्लरमा प्रयोग गर्दै आए पनि आफुले यसपटक टिक टक बनाउने क्रममा काला कोलाको उत्पादनलाई अझ नजिकबाट बुझ्ने अबसर पाएको र उत्पादन राम्रो भएको पनि उनले कार्यक्रममा प्रकाश पारिन् ।

काला कोलाकी ब्रान्ड एम्बेस्डर तथा कस्मेटिक साईन्समा नेपालबाट पहिलो पटक ग्राजुएसन गर्दै गरेकी परिसी कारंजितले नेपालीहरुका लागि काला कोलाको उत्पादन सही र गुणस्तीय रहेको बताईन् । बिगत ४ वर्षदेखि आफु काला कोलाको ब्रान्ड एम्बेस्डर रहेको र आफुले यसको उत्पादन प्रयोग गरेर निक्कै राम्रो रिजल्ट पाएको बताउँदै यसलाई प्रयोग गर्न उनले अरुलाई पनि आह्वान गरिन् ।

सो कार्यक्रमममा २५ जना ब्युटिसियनहरुलाई काला कोला टिक टक क्विनको प्रमाणपत्र प्रदान गरिएको थियो । यसरी प्रमाणपत्र ग्रहणगर्नेहरुमा बरिष्ट ब्युटिसियन रिना अवाले सहित ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डंगोल, सेकेन्ड रनर अप मिना लामा, ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ की बिजेता सरु जोशी, फस्ट रनरअप कविता लामा, ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की फस्ट रनरअप नविना अधिकारी थिए ।

यसैगरी काजल क्रियसनकी सञ्चालक तथा फेसन डिजाईनर काजल शर्माले पनि काला कोलाको टिक टक बनाएकाले उनलाई पनि प्रमाणपत्र प्रदान गरियो ।

यस्तै व्युटिसियनहरु गँगा केसी, बिना रानामगर, सविना शाही, प्रतिभा शाही, सहनशिला शाक्य, सरिता मानन्धर, मिना पौडेल, जया थापा, दुर्गा श्रेष्ठ, निलम तामाङ, अनिषा श्रेष्ठ, कञ्चन श्रेष्ठ, उषा गुरुङ, दिब्या सैंजु, रिना लामा, अंजली दुलाल, रुपा गर्तौला, निर्मला सिंहलाई पनि प्रमाणपत्र प्रदान गरियो ।

तस्बिर  सौजन्य : लिना डंगोल