लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीकी अध्यक्ष अनिताद्धारा पदभार ग्रहण


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ साउन

सन २०२० र २०२१ को लागि लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीको अध्यक्ष पदमा चयन भएकी बरिष्ट व्युटिसियन अनिता खड्का रायमाझीले आफ्नो पदभार ग्रहण गरेकी छिन् । उनी गत महिना सो पदमा निर्विरोध रुपमा चयन भएकी हुन् ।

काठमाडौंमा एक औपचारिक समारोहबीच उनले  लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीको अध्यक्ष पद ग्रहण गरेकी हुन् । लायन्स डिस्ट्रिक अर्गनाईजेशन स्ट्रेन्थ निरा बज्राचार्यको प्रमुख आतिथ्यमा अध्यक्ष रायमाझीले आफ्नो पदभार ग्रहण गरेकी हुन् ।

सो कार्यक्रमकी सभापतित्व ग्रहग गर्दै लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीकी २०१८/१९, २०१९/२० की चाटर्र प्रेसिडेन्ट सुमित्रा रञ्जितले अध्यक्ष पद हस्तान्तरण गर्दै नवअध्यक्ष अनिता खड्का रायमाझीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

सो कार्यक्रममा डिस्ट्रिक जोन चेयरपर्सन मनु कार्की, लायन्स क्लब अफ काठमाडौं टेम्पल मा हारतीका अध्यक्ष डा. गोपाल प्रधान र लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेशकी सचिब सुलोचना मानन्धर श्रेष्ठलगायतका अतिथि थिए ।

सो कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीकी उपाध्यक्ष निशा श्रेष्ठ, सचिब सविता दुवाल, कोषाध्यक्ष पुजा लामा तथा अन्य पदाधिकारीले पनि पदभार ग्रहण गरेका छन् ।

लायन्स क्लब अफ काठमाडौं सिद्धी ब्युटीकी अध्यक्ष अनित खड्का रायमाझी बिगत दुई दशकदेखि व्युटिसियन क्षेत्रमा सक्रिय छिन् । यस ब्युटी न्युज नेपालकी सल्लाहकार तथा काठमाडौंको कलँकीमा रहेको कलँकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष अनिता लामो समयदेखि सामाजिक सेवामा सक्रिय छिन् । उनले विभिन्न सरकारी विधालयका गरिव विधार्थीहरुलाई पुस्तक, स्टेशनरी सामग्री, स्कुल पहिरन प्रदान गर्नुका साथै उनीहरुको बार्षिक शुल्क समेत तिर्दै आएकी छिन् ।