रोज सिप विकाश तालिम केन्द्रमा मास्क र सेनेटरी प्याडको प्रशिक्षण सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

मुलुकमा कोरोना सँक्रमणको माहामारी बढीरहेको बेला कोरोना सँक्रमणबाट जोगिनका लागि आबस्यक सामग्री ‘मास्क’ बनाउने तालिम लायन्स क्लब अफ काठमाडौं, आधारले सुरु गराएको छ । काठमाडौंको रबिभवन स्थित रहेको रोज सिप बिकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा बिहिबारबाट यो तीन दिने प्रशिक्षण सुरु भएको छ । सो प्रशिक्षणमा ३० जना महिलाहरुले मास्क र सेनेटरी प्याड बनाउने प्रशिक्षण थालेका छन् ।

मास्कसँगै महिलाहरुको लागि अति आबस्यक घरेलु सेनिटरी प्याड बनाउने तालिम पनि दिन सुरु गरिएको छ । लायन्स क्लब अफ काठमाडौं, आधारकी अध्यक्ष धनमायाँ सिञ्जालीको सभापतित्वमो सो तालिकको उद्घाटन बिहिबार बिहान गरियो । सो तालिम उद्घाटन समारोहको प्रमुख अतिथिमा लायन्स इन्टरनेशल ३३५ बी वानका डिजी मनबहादुर रोक्का, अतिथिमा लायन्सका क्लस्टर चिफ महेश पाण्डे, डिस्ट्रिक पिआरो निर्मल श्रेष्ठ, रिजनल चियरपर्सन राजुबाबु श्रेष्ठ, सो क्लबमा पाष्ट प्रोसिडेन्ट तथा चार्टर प्रेसिन्डेन्ट रेश्मा श्रेष्ठ, जोन चेयरपर्सन रामचन्द्र शर्मा थिए ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष धनमायाँ सिञ्जालीले कोरोना सँक्रमणबाट जोगिन अहिले बजारमा मास्कको अभाव भएको बेला यो सबैलाई उपयोगी हुनेगरी महिलाहरुलाई मास्क र सेनेटरी प्याड बनाउन आफुहरुले ३ दिनको प्रशिक्षण राखेको बताईन् । लायन्स इन्टरनेशल ३३५ बी वानका डिजी मनबहादुर रोक्काले पनि कोरोना सँक्रमणबाट आफुलाई सुरक्षित राख्दै यो तालिममा सिप सिकेर फाईदा लिन सबैलाई अपिल गरे ।

सो उद्घाटन कार्यक्रममा बरिष्ट ब्युटिसियन लायन्स क्लब अफ काठमाडौं, आधारकी सदस्य तथा रोज सिप बिकाश तालिम केन्द्रकी अध्यक्ष सुन्दरी कारँजित (सोनी)ले सबैलाई स्वागत सहित प्रशिक्षण सफलताको शुभकामना व्यक्त गरिन् । फेसन डिजाईनर इम्ता श्रेष्ठले प्रशिक्षणमा सहभागीहरुलाई पहिलो दिन मास्क बनाउन सिकाईन् ।