आश्रममा निशुल्क कपाल काट्दै पियोर स्टाईलिस्टका ब्युटिसियन


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असार

ललितपुरको जावलाखेल स्थित पियोर स्टाईलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरले लकडाउनमा पनि तीन महिना यताबाट विभिन्म आश्रम तथा सामाजिक संस्थामा पुगेर निःशुल्क कपाल काट्दै आएको छ । यसै क्रममा यो ब्युटी होमले आज बुधबार काठमाडौंको काँडाघारी स्थित फ्युचर होप नेपालमा रहेका २५ जना बालबालिकाको कपाल काटेको छ ।

कोरोना सँक्रमणको महामारीले सार्वजनिक यातायात अझै सञ्चालनमा आएको छैन भने सैलुन, ब्युटिपार्लर पनि बन्द छ । यस्तो अबस्थामा धेरैलाई कपाल काट्न समस्या भएका कारण आफुहरुले यस्ता आश्रममा पुगेको कपाल काट्ने काम गरेको पियोर स्टाइलिस्ट ब्युटी होमकी अध्यक्ष एवम् ब्युटिसियन रिना अवालेले ब्युटी न्युज नेपाललाई बताईन् ।

आफुहरुले यस अघि लकडाउनकै क्रममा सेनिटाईजर र मास्कको प्रयोग गदै सामाजिक दुरी कायम सहित ललितपुरको विभिन्न प्रहरी र केही बाल तथा जेष्ठ नागरिका आश्रममा पुगेर त्यहाँ रहेको बालबालिका देखि जेष्ठ नागरिकसम्मको पनि कपाल काटेको ब्युटिसियन अवालेले बताईन् ।

ब्युटिसियन अवालेसहित ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ की बिजेता लिना डँगोल, ब्युटिसियनहरु मेलिना शाक्य, सानु ब्यञ्जनकार, नविना शँकट, आयुषा शाक्य, सकु अवाले, रेखा श्रेष्ठ, प्रतिभा शाही, जानुका सिग्देल, गँगा झा केसी र कल्पना दर्नालले आज सो आश्रममा बालबालिकाहरुको कपाल काटेका हुन् ।

तीन महिना देखि सैलुन बन्द भएका कारण लामो कपाल लिएर बसेका बालबालिकाहरुले आफ्नो माग अनुसारको स्टाईलमा आश्रममै कपाल काट्न पाउँदा खुसी ब्यक्त गरे ।  ब्युटिसियन रिनाले आफुहरुले हरेक महिना जस्तो विभिन्न आश्रममा पुगेर यस्तो सामाजिक सेवा दिँदै आएको बताईन् ।