अनाथ बालिबालिकासँग ब्युटिसियन बिनाको जन्म दिन,  व्युटिसियन कोर्ष सिकाउँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असार

ब्युटिसियन बिना रानामगरले आफ्नो जन्म दिन अनाथ बालबालिकाहरुसँग मनाएकी छिन् । बाहिर फजुल खर्च गर्नु भन्दा ती बालबालिकाहरुसँग पल भए पनि रमाईलो गरौं भनेर उनीहरुलाई खाना खुवाएर आफुले जन्मदिन मनाएको व्युटिसियन बिनाले बताएकी छिन् ।

बिनाले आज बिहानै काठमाडौंको किर्तीपुर स्थित मायाँघर पुगेर त्यहाँ रहेका २७ जना बालबालिकासँगै खुसी साट्दै आफ्नो जन्मदिन मनाएकी हुन् । उनीहरुलाई आफैंले खाना खुवाउनुका साथै केही दिनलाई पुग्ने खाद्यान्न र तरकारी पनि प्रदान गरेको बिनाले बताईन् ।

सो आश्रममा रहेका बालिका तथा किशोरीहरुलाई आत्म निर्भर हुनका लागि काठमाडौंको कालिमाटीमा रहेको चेली मेकअप स्टुडियोमा व्युटिसियन सम्बन्धि वेसिक कोर्ष सिकाउने पनि व्युटिसियन बिना रानामगरले बताएकी छिन् । त्यहाँ १३ जना बालिका तथा किशोरीहरु आश्रित रहेको र उनीहरु मध्य केहीले व्युटिपार्लर कोर्ष सिक्ने चाहना व्यक्त गरेकाले उनीहरुलाई आत्म निर्भर भएर आफैंले यो पेशा गर्न सक्ने बनाउन आफुले व्युटिसियन सम्बन्धि बेसिक कोर्ष निशुल्क सिकाउन लागेको पनि उनले बताएकी छिन् ।